केन्द्रीय संस्करण
विश्व क्षयरोग दिवस

डेढ करोड नेपालीको शरीरमा क्षयरोगको किटाणु

विश्व क्षयरोग दिवस

person explore access_timeचैत १०, २०७५ chat_bubble_outline0
Photo: www.imperial.ac.uk

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ढेड करोड नेपालीको शरीरमा क्षयरोगको किटाणु छ । तर किटाणु हुँदैमा सबै क्षयरोगी नै भइहाले भन्ने चाहिँ होइनन् । हाम्रो शरीरमा रहेको किटाणुले हाम्रो रोगसँग लड्ने सक्ने क्षमतालाई जित्यो भने चाहिँ क्षयरोगले असर गर्न थाल्छ । अर्थात् जसको रोगसँग लड्ने क्षमता कम हुँदै जान्छ, त्यसपछि क्षयरोगका किटाणुहरु सक्रिय हुन्छन् ।

माथि उल्लेख गरिएको डेढ करोड नेपालीको शरीरमा देखिएको क्षयरोग सुसुप्त अर्थात् निष्क्रिय क्षयरोग हो ।   क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस ९mथअयदबअतभचष्गm तगदभचअगयिकष्क०   नामक किटाणुबाट लाग्ने एक किमिसको सरुवा रोग हो । यसलाई लेटेन्ट टीबी अर्थात सुसुप्त या निष्क्रिय क्षयरोग भनिन्छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार यस्तो निष्क्रिय क्षयरोग भएका सय जना मध्ये १५ जनालाई भविष्यमा कुनै पनि बेला सक्रिय क्षयरोग हुन सक्छ ।

नेपालमा हाल वर्षेनी ४५ हजार नयाँ क्षयरोगी बढ्दै गइरहेको सरकारको अनुमान छ । “समय  अबको क्षयरोग अन्त्यको” भन्ने नारा यो वर्षको क्षयरोग दिवसको रहेको छ । हाल नेपालमा नयाँ ४५ हजार र पुराना गरी बार्षिक ६० हजार क्षयरोगीहरु रहेका छन् ।

हाल नेपालमा प्रतिलाख जनामध्ये १ सय १२ जना क्षयरोगी रहेको अनुमान छ । गत आर्थिक वर्ष ०७४÷०७५ मा १ लाख ९६ हजार ३ सय ६२ जना क्षयरोग परीक्षण गरिए पनि ३२ हजार ४ सय ७४ जना नयाँ क्षयरोगका बिरामी पत्ता लगाई राष्ट्रिय क्षयरोग कार्यक्रम राखिएको  जनाएको छ । 

२० प्रतिशत रोगी बाहिर 

नेपाल सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था गर्दै आइरहेको छ । क्षयरोगीलाई मासिक ३ हजार भत्ता र उपचार अवधिभर खकार परीक्षणको लागि मासिक ५ सय रुपैयाँ पनि व्यवस्था गरिएको छ । तर सरकारले अनुमान गरेको सबै क्षयरोगीले सरकारले उपचार केन्द्रबाट उपचार पाएका छैनन् ।

नेपाल सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था गर्दै आइरहेको छ । क्षयरोगीलाई मासिक ३  हजार भत्ता र उपचार अवधिभर खकार परीक्षणको लागि मासिक ५ सय रुपैयाँ पनि व्यवस्था गरिएको छ । तर सरकारले अनुमान गरेको सबै क्षयरोगीले सरकारले उपचार केन्द्रबाट उपचार पाएका छैनन् । सरकारको क्षयरोग कार्यक्रममा १५ देखि २० प्रतिशत क्षयरोगी आएका छैनन् । ७० प्रतिशत क्षयरोगी मात्र राष्ट्रिय कार्यक्रममा सहभागी भएको सरकारको अनुमान छ ।

पहिला क्लिनिक, निजी अस्पतालमा गइसकेपछि हार खाएर अन्तिम अवस्थामा मात्रै बिरामी राष्ट्रिय क्षयरोग उपचार केन्द्रमा आइपुग्ने गरेका छन् ।

सरकारको कार्यक्रममा नसमेटिएका १५ देखि २० प्रतिशत रोगी (अनुमानित १३ हजारजति) विरामीहरु निजी अस्पतालमा उपचार गराइरहेको सरकारको अनुमान छ । नेपाल स्वास्थ्य नीति, २०७५; जनस्वास्थ्य ऐन २०७५ तयार भएको हँुदा निजी अस्पतालमा उपचार गराइरहेका ती क्षयरोगीहरुलाई  पनि यो कार्यक्रमले समेट्ने सरकारको विश्वास रहेको छ ।

औषधि खाने समय घटाउने तयारी

नेपालमा क्षयरोगीहरुले २० महिना लामो उपचार विधि अपनाउन बाध्य भएका छन् । यो उपचारविधि अलि झन्झटिलो हुने भएकोले क्षयरोगीले पूरा समय औषधि नखाने, नियमित परीक्षणमा नआउने जस्ता समस्याहरु देखिएको छ । अबको यो २० महिनासम्म खानुपर्ने औषधिलाई घटाएर ९ देखि १२ महिनासम्म बनाउने तयारीमा सरकार लागेको छ । यो लामो र झन्झटिलो उपचार विधिलाई घटाएर अहिले ९ महिना देखि १२ सम्मको उपचार विधिको लागि नमूनाको रुपमा ६ वटा उपचार केन्द्रमा सुरु गरिएको छ । यो कार्यक्रम राम्रो भएको खण्डमा २० महिनासम्म खानुपर्ने क्षयरोगको औषधिलाई ९ देखि १२ महिनासम्ममा झारिनेछ । यो कार्यक्रमलाई राष्ट्रिय क्षयरोग केन्द्रले देशभर लैजाने जनाएको छ ।

विश्वभर सन् २०२२ सम्ममा ४० लाख ५ वर्षभन्दा मुनिका बालबालिका , ७० लाख एचआईभ िसंक्रमित व्यक्ति तथा २ करोड क्षयरोगीलाई प्रत्यक्ष सम्पर्कमा ल्याइने कार्यक्रम राखिएको छ ।

पहिलो पटक क्षयरोगको अनुसन्धान

 नेपालमा कति क्षयरोगी छन्, तीमध्ये कति क्षयरोगी अस्पतालमा आएका छन्, कतिले औषधि खाइरहेका छन्, कतिको अवस्था कस्तो छ र कति बिरामीले निजी अस्पतालमा महङ्गो मूल्यमा उपचार गर्न बाध्य छन् भन्ने एकीन तथ्याङ्क सरकारसँग छैन् ।

यसै सन्दर्भमा राष्ट्रिय क्षयरोग उपचार केन्द्रका निर्देशका डाक्टर भिम सिंह टिंकरी  भन्छन् ः अबको केही महिनापछि हामीले यो सबै जानकारी प्राप्त गर्न सक्ने छौँ । नेपालमा पहिलो पटक क्षयरोगको सर्वे भईरहेको हुँदा अबको केही महिना पछि नेपालको क्षयरोगीको अवस्थाको बारेमा वास्तविक जानकारी हुनेछ ।’

अहिलेसम्म क्षयरोगीको विषयमा नेपालमा अनुसन्धान भएको छैन र अनुमानका भरमा तथ्याङक दिने काम भइरहेको छ । हाल सर्वेमा ५५ जिल्लाको ९९ वटा क्षेत्रमा ५७ हजार ६ सय १० जना व्यक्तिमा क्षयरोग सम्बन्धी स्थलगत अध्ययनको कार्य भइरहेको छ । अहिले सम्म ८० प्रतिशत स्थलगत कार्य पुरा हुनुका साथै ९१ प्रतिशतभन्दा धेरै जनसहभागिता भएको देखिएको छ । हाल ७ वटा प्रदेशमा क्षयरोगको अभिमुखी कार्यक्रम सम्पन्न गरेको र आउने वर्षमा ७ सय ५३ स्थानीय निकायलाई क्षयरोग कार्यक्रमको बारेमा अभिमुखिकरण गराइने कार्यक्रम रहेको केन्द्रले जनाएको छ ।

गत वर्ष सरकारले क्षयरोग उपचार र विभिन्न कार्यक्रमको लागि ६७ करोड विनियोजना गरेको थियो । जसमध्ये १५ करोड औषधिमा खर्च गरिएको थियो ।

पुरुषको संख्या बढी

नेपालमा क्षयरोग  लाग्नेमा पुरुषको संख्या धेरै रहेको छ । भूगोलको आधारमा हेर्ने हो भने तराई क्षेत्रमा क्षयरोगको बिरामी अन्य ठाँउ भन्दा धेरै देखिएको छ । त्यस पछि पहाड र हिमालमा क्षयरोका बिरामी देखिएका छन् । प्रदेशगत आधारमा हेर्ने हो भने १ नम्बर प्रदेश र गण्डकी प्रदेशमा क्षयरोगको बिरामी कम देखिएको राष्ट्रिय क्षयरोग उपचार केन्द्रका निर्देशक डाक्टर भिम सिंह टिंकरीले बताए ।

क्षयरोगका लक्षणहरु 

मुख्यत क्षयरोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ – फोक्सोको क्षयरोग  र फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थी, आन्द्रा,  मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि) ।

फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोगको निदान गर्न फोक्सोको क्षयरोगभन्दा गाह्रो मानिन्छ ।

फोक्सोको क्षयरोगका लक्षणहरू

दुई साता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, खासगरी बेलुकापख ज्वरो आउनु, छाति दुख्नु, खाना अरुची हुनु, खकारमा रगत देखिनु आदि  ।

डाइलासिस, अङगप्रत्यारोपण गरेका बिरामी, बालबालिकामा यो रोग छिटो सर्ने सम्भावना हुन्छ । ढाँडको हड्डीको क्षयरोगमा कसैको नियमित ढाँड दुखिरहन्छ भने परीक्षण गर्दा क्षयरोग हुन पनि सक्छ भने कतिपय छातीको क्षयरोगमा लक्षणबिना नै परिक्षण गर्दा पनि छातीमा क्षयरोगको दाग देखिन सक्छ ।

बिना लक्षण पनि क्षयरोग

‘क्षयरोग लाग्ने व्यक्ति सबैमा एउटै किसिमको लक्षण हुन्छ भन्ने पनि हुँदैन । नियमित क्षयरोगको स्वास्थ्य परीक्षण गर्नुनै सबै भन्दा राम्रो हुने’ डाक्टर टिंकरी बताउँछन् । पछिल्लो समय क्षयरोगका खास लक्षणबाहेक अर्थात् बिनालक्षण पनि क्षयरोग देखापर्न थालेको हुन्छ ।

‘क्षयरोग लाग्ने व्यक्ति सबैमा एउटै किसिमको लक्षण हुन्छ भन्ने पनि हुँदैन । नियमित क्षयरोगको स्वास्थ्य परीक्षण गर्नुनै सबै भन्दा राम्रो हुने’ डाक्टर टिंकरी बताउँछन् । पछिल्लो समय क्षयरोगका खास लक्षणबाहेक अर्थात् बिनालक्षण पनि क्षयरोग देखापर्न थालेको हुन्छ । अतः सबै भन्दा राम्रो नियमित स्वास्थ्य परिक्षण गर्नुनै मानिन्छ ।

सरकारले औषधि प्रतिरोधी, औषधिले काम गर्ने दुबै किसिमको औषधिले निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ भने खकार परीक्षण पनि निःशुल्क गरिन्छ । ९१ प्रतिशतले औषधि पूरा गरेका छन् भने निको हुने दर ७१ प्रतिशत रहेको छ ।

क्षयरोग लाग्न नदिन वा लागेको व्यक्तिले यसो गर्नुस्

 क्षयरोग श्वास प्रश्वासको माध्यमबाट सर्ने भएको हुँदा जेल, विद्यार्थी, आर्मी ब्यारेकलगायत धेरै व्यक्तिहरु बस्ने ठाउँमा विशेष सावधानी अपनाउनु पर्छ । त्यस्तो स्थानमा हावाको राम्रो ओहोरदोहोर हुने व्यवस्था भएको खण्डमा क्षयरोग सर्ने सम्भावना कम हुन्छ । त्यसैगरी, हावाबाट सर्ने अन्य धेरै सरुवारोगबाट पनि बच्न सकिन्छ ।

क्षयरोग लागेको व्यक्तिको खकारलाई राम्रोसँग विसर्जन गर्ने, माक्सको प्रयोग गर्ने बानी बसाल्नु पर्छ । त्यसैगरी, क्षयरोगको औषधि सुरु गरेको २ महिना लगत्तै क्षयरोगको परिक्षण गर्नुपर्ने हुन्छ । त्यसपछि ५ महिनामा परीक्षण गर्नुपर्छ । यो कुरालाई औषधि सेवन गर्ने बिरामीले ख्याल गर्नुपर्ने राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डाक्टर भिमसिंह टिंकरी बताउँछन् ।

निष्क्रिय क्षयरोग बाट ५ वर्ष मुनिका बालबालिका धेरै जोखिममा हुन्छन् । यस किसिमको क्षयरोगमा किटाणु सुसुप्त अवस्थामा रहिरहने हुँदा मान्छेमा रोगसँग लड्न सक्ने क्षमता कम भएको समयमा मात्र किटाणुहरु सक्रिय हुने गर्छन् । एचआईभी एड्स, डाइलासिस, अङ्गप्रत्यारोपण गरेका व्यक्तिहरुमा क्षयरोग छिट्टै सर्न सक्ने सम्भावना बढी हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...