सजिलै कहाँ आएको थियो र लोकतन्त्र ? (तस्विरमा हेर्नुहोस्)
बैशाख ११ अर्थात लोकतन्त्र दिवस । १४ वर्ष अघि आजकै दिन राजाको प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य भएर लोकतन्त्र बहाल भएको थियो ।
नेपाली जनताको लामो संघर्ष र बलिदानपछि २०६३ साल बैशाख ११ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५८ सालमा भंग गरेको संसद पुर्नस्थापनाको घोषणा गरेका थिए । त्यसअघि लोकतन्त्रका लागि तत्कालिन राजनीतिक दलहरुले १९ दिने आन्दोलन गरेका थिए । त्यहीँ आन्दोलनको शक्तिले २०६३ वैशाख ११ मा निरंकुश राजतन्त्रले घुँडा टेकेर लोकतन्त्र स्थापना भएको हो ।
आज त्यही लोकतान्त्रिक आन्दोलनको सफलताको सम्झनामा विभिन्न कार्यक्रम गरेर १४ औं लोकतन्त्र दिवस मनाइँदैछ । मुलकुकमा लोकतन्त्र बहालीपछि संविधानसभाबाट संविधान जारी गर्ने सपना पूरा भएको छ । जनताले आफ्नै जनप्रतिनिधिमार्फत बनेको संविधान पाएका छन् ।
२०७२ असोजमा आएको संविधानले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संस्थागत गरेको छ । त्यही संविधान अनुसार ३१ वटा मौलिक हक, राज्यका प्रमुख निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक सुनिश्चितताका साथै तीनै तहमा आवधिक निर्वाचन र तीनै तहमा सरकार समेत बनिसको अवस्था छ । लोकतन्त्रको बहालीपछि भएका राजनीतिक उपलब्धि सन्तोषजनक नै रहेपनि १४ वर्षसम्म पनि नेपाली जनताले चाहेको सुशासन र समृद्धिको भने अझै अभाव नै देखिन्छ ।
हेर्नुहोस् ध्रुवमान सिंह बस्नेतले खिचेका दोस्रो जनआन्दोलनका केही तस्विरहरु :
कलंकीमा आयोजित विरोध जुलुसका दृश्य (वैशाख १० गते)
कलंकीदेखि बल्खु हुँदै सानेपा पुगेको जुलुस र प्रहरीसँग भएको झडप
कलंकी, गोङ्गबु र चाबहिलका झडपका दृश्य
बसन्तपुरमा आयोजित नागरिक धर्ना
किर्तिपुरमा विरोध सभा तथा झडप
सात राजनीतिक दलको सभा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार