सेवाग्राहीसँग लिएको घुससहित सव–इञ्जिनीयर श्रेष्ठ पक्राउ
शनिबार, ०४ साउन २०७६, १० : ४१
सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ ।
सेवाग्राहीसँग लिएको रु.५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि सव–इञ्जिनीयर श्रेष्ठलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।
घुस दिने सेवाग्राहीको नाम अख्तियारले गोप्य राखेको छ । पक्राउ परेका सव– इञ्जिनीयर श्रेष्ठलाई आवश्यक कारवाहीका लागि अख्तियारको बर्दिवास कार्यालय लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार