भक्तपुरबाट ५ जुवाडे नगदसहित पक्राउ
सोमबार, २७ साउन २०७६, १६ : ३३
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित हरिबहादुर रानाभाटले सञ्चालन गरेको शुभकामना होटेलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले आज तास खेलिरहेका ती व्यक्तिलाई पक्राउ गर्नाका साथै जुवाखालबाट रु ३० हजार ६४० बरामद गरेको प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
त्यसैगरी उक्त परिसर र महानगरीय प्रहरी जगाती वृत्तबाट खटिएका २० प्रहरीले सूर्यविनायक नगरपालिका– ७ गुन्डु नयाँबस्तीस्थित सार्वजनिक जग्गामा रहेको चार हजार २०० गाँजाका बोट नष्ट गरेको छ ।
प्रहरीले गाँजाका सबै बोट फँडानी गरी जलाएर नष्ट गरेको हो । प्रहरीले गुण्डु नयाँबस्तीमै ९५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई सोही स्थानमा नष्ट गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’