शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानले क्रिकेट इतिहासमा ६ पटक टी–२० विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । तर उनीहरूले २००९ मा युनिस खानको नेतृत्वमा एकपटक मात्र यो प्रतिष्ठित उपाधि जित्न सफल भएका छन् ।

‘मेन इन ग्रीन’ सँग अर्को उपाधि जित्ने राम्रो अवसर थियो, तर सन् २०२२ को संस्करणको फाइनलमा इंग्ल्यान्डसँग पाँच विकेटले पराजित हुँदा उनीहरूको आशा अधुरै रह्यो ।

पाकिस्तानको टी–२० विश्वकप इतिहास 

  • टी–२० विश्वकप २००७, दक्षिण अफ्रिका

यदि भारत–पाकिस्तानको खेललाई सबैभन्दा ठुलो प्रतिस्पर्धा मानिन्छ भने, २००७ को टी–२० विश्वकपले उनीहरूको प्रतिद्वन्द्वितालाई नयाँ उचाइमा पुर्‍यायो । यस प्रतियोगितामा भारत र पाकिस्तानको पहिलो भेट ऐतिहासिक थियो, किनभने विजेताको निर्णय ‘बाउल–आउट’ मार्फत भएको थियो । निर्धारित २० ओभरमा दुवै टोलीले बराबर रन बनाउँदा खेलको निर्णय बल आउटबाट भएको थियो । दुर्भाग्यवश, पाकिस्तानले त्यो खेल ३–० ले गुमायो । 

यद्यपि, त्यो समूह चरणमा उनीहरूको एक मात्र हार थियो र उनीहरू फाइनलमा आर्च–राइभल भारतसँग फेरि भिड्न पुगे । मिस्बाह–उल–हकको ‘ब्याड सट सेलेक्सन’ ले पाकिस्तानको जितको सपना समाप्त गर्‍यो, किनभने भारतले अन्तिम ओभरमा पाँच रनले जितेर पहिलो टी–२० विश्वकपको उपाधि जित्यो । तर पनि मिस्बाह पाकिस्तानका लागि २१८ रनका साथ उत्कृष्ट ब्याट्सम्यान थिए, जबकि उमर गुलको १३ विकेट पाकिस्तानी बलरको उत्कृष्ट प्रदर्शन थियो ।

  • टी–२० विश्वकप २००९, इंग्ल्यान्ड

पाकिस्तानले फाइनलमा श्रीलंकालाई आठ विकेटले हराउँदै उपाधि जित्यो । युनिस खानको टोलीले इंग्ल्यान्डसँगको हारबाट सिजनको सुरुवात गरे पनि पाकिस्तानले आफ्नो जित यात्रा कायम राख्यो । समूह चरणमा तीन जितले पाकिस्तानलाई सेमिफाइनलमा पुर्‍यायो, जहाँ पाकिस्तानले दक्षिण अफ्रिकालाई सात रनले हरायो । कामरान अकमल पाकिस्तानका लागि १८८ रनका साथ शीर्ष स्कोरर थिए भने उमर गुलले फेरि १३ विकेट लिए । 

  • टी–२० विश्वकप २०१०, वेस्ट इन्डिज

यो विश्वकपमा पाकिस्तान लगातार तेस्रो पटक नकआउट चरणमा पुग्यो तर यस पटक सेमिफाइनलबाट बाहिरियो । अस्ट्रेलियाले दोस्रो सेमिफाइनलमा अन्तिम ओभरको थ्रिलरमा पाकिस्तानलाई तीन विकेटले हरायो । समूह चरणमा तीन खेल हारेर दुई खेल मात्र जिते पनि साबिक विजेताले नकआउट चरणमा प्रवेश गर्न सफल भयो । सलमान बट २२३ रन (दुई अर्धशतकसहित) सँगै शीर्ष स्कोरर थिए, त्यस्तै स्पिनर सइद अजमलले ११ विकेट लिएर शीर्ष विकेट–टेकरको सूचीमा रहे ।

  • टी–२० विश्वकप २०१२, श्रीलंका

पाकिस्तानको समूह चरणको खेल उत्कृष्ट थियो थियो । जहाँ पाकिस्तानले चार खेल जितेको थियो । पाकिस्तान भारतसँग मात्र पराजित भएको थियो पाकिस्तानको जितको यात्रालाई आयोजक श्रीलंकाले पहिलो सेमिफाइनलमा रोक्यो, जहाँ पाकिस्तान १६ रनले पराजित भयो । कप्तान मोहम्मद हाफिज आफैंले १६४ रनका साथ ब्याटिङ युनिटको नेतृत्व गरे, त्यस्तै सइद अजमलले नौं विकेट लिएर बलिङ आक्रमणको नेतृत्व गरे । 

  • टी–२० विश्वकप २०१४, बंगलादेश

चार विश्वकपको सफल यात्रापछि पाकिस्तान २०१४ को विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुग्न सकेन । पाकिस्तानले आफ्नो खेल आर्च–राइभल भारतसँग सात विकेटको हारबाट सुरु गर्‍यो । पाकिस्तानले केवल दुई जित दर्ता गर्न सक्यो र समूह चरण (समूह २) मा तेस्रो स्थानमा रह्यो । अहमद शहजाद १३८ रनका साथ शीर्ष स्कोरर थिए र दायाँ हाते बलर उमर गुल ६ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडी थिए ।

  • टी–२० विश्वकप २०१६, भारत

यो विश्वकपमा पाकिस्तान उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ छिमेकी देश भारतमा आएको थियो । तर पाकिस्तानले इतिहासकै सबैभन्दा खराब विश्वकप हुन पुग्यो । किनभने शाहिद अफ्रिदीको नेतृत्वमा रहेको टोलीले समूह चरणमा एउटा मात्र खेल जित्न सफल भयो । शर्जिल खानले ११२ रन बनाए, यता मोहम्मद सामी र शाहिद अफ्रिदीले चार–चार विकेट लिए ।

332347

  • टी–२० विश्वकप २०२१, भारत/यूएई

दुई खराब प्रदर्शनपछि पाकिस्तान २०२१ को संस्करणमा सेमिफाइनलमा पुग्यो । यस पटक, ‘मेन इन ग्रीन’ ले भारतसँग बदला लियो । विराट कोहलीको टोलीलाई १० विकेटको विशाल अन्तरले हराएर प्रतियोगिताको सुरुवात गर्न सफल भयो । पाँच जित र १० अङ्कका साथ, बाबर आजमको नेतृत्वको टोली समूह २ को अङ्क तालिकामा शीर्ष स्थानमा थियो । तर, पाकिस्तान दोस्रो सेमिफाइनलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भयो । बाबर ३०३ रनका साथ प्रतियोगिताका शीर्ष स्कोरर थिए, त्यस्तै स्पिन अलराउन्डर शादाब खान नौ विकेटका साथ पाकिस्तानका शीर्ष बलर थिए ।

  • टी–२० विश्वकप २०२२, अस्ट्रेलिया

यो विश्वकपमा विराट कोहलीको उत्कृष्ट प्रदर्शनले पाकिस्तानलाई सकारात्मक सुरुवात गर्नबाट रोक्यो । भारतीय पूर्वकप्तानले एमसीजीमा ४ विकेटको जित दिलाए, तर त्यसले बाबर आजम र पाकिस्तानी टोलीको आत्मविश्वासलाई कमजोर गरेन, जसले २००९ पछि पहिलो पटक फाइनलमा प्रवेश गर्ने सफल भयो । इंग्ल्यान्डविरुद्धको फाइनल खेलमा कमजोर ब्याटिङ प्रदर्शनले पाकिस्तानको दोस्रो उपाधि जित्ने आशामा धक्का दियो । शान मसूद र मोहम्मद रिजवानले १७५–१७५ रन बनाएर पाकिस्तानका शीर्ष स्कोरर बने, त्यस्तै शाहिन शाह अफ्रिदी र शादाब खानले ११–११ विकेट लिएर विकेट–टेकरको सूचीको पर्न सफल भए । 

  • टी–२० विश्वकप २०२४ः १० वर्षपछि समूह चरणबाटै बाहिर

अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२४’ मा पाकिस्तानको यात्रा निराशाजनक रह्यो । विगत १० वर्षमा पहिलोपटक टोली सुपर–८ मा समूह चरणबाटै बाहिरिएको थियो । 

यस विश्वकपमा नवप्रवेशी अमेरिकसँग सुपर ओभरमा बेहोरेको अप्रत्याशित हार र भारतसँग ६ रनको झिनो अन्तरको पराजय पाकिस्तानका लागि घातक बन्यो । क्यानडामाथि ७ विकेटको सान्त्वना जित निकाले पनि अघिल्लो चरण प्रवेशका लागि त्यो पर्याप्त भएन । कमजोर ब्याटिङ, कम रन–रेट र दबाबमा सम्हालिन नसक्दा पाकिस्तान प्रतियोगिताको सुरुवाती चरणबाटै बाहिरिन पुगेको हो । 

पाकिस्तानको टोली

सलमान अली आगा (सी), अबरार अहमद, बाबर आजम, फहीम अशरफ, फखर जमान, ख्वाजा मोहम्मद नाफे, मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान, सैम अयुब, शाहीन शाह अफ्रिदी, शादाब खान, उस्मान तारिक

खेलाडीहरु

अब्दुल्लाह सफिक
बलर अब्दुल्लाह सफिक
खेल
रन
८०
उच्च स्कोर
५२
बाबर आजम
ब्याट्समेन बाबर आजम
खेल
१०८
रन
५४०९
उच्च स्कोर
१५८
ह्यारिस राउफ
बलर ह्यारिस राउफ
खेल
२८
विकेट
५३
उत्कृष्ट बलिङ
५/१८
हसन अली
बलर हसन अली
खेल
६२
विकेट
९७
उत्कृष्ट बलिङ
५/३४
इफ्तिकार अहमद
ब्याट्समेन इफ्तिकार अहमद
खेल
१९
रन
४७२
उच्च स्कोर
१०९
इमाम उल हक
ब्याट्समेन इमाम उल हक
खेल
६६
रन
२९७६
उच्च स्कोर
१५१
मोहम्मद नवाज
अलराउण्डर मोहम्मद नवाज
खेल
३२
रन
३२५
उच्च स्कोर
५३
विकेट
४०
उत्कृष्ट बलिङ
४/१९
मोहम्मद रिजवान
किपर मोहम्मद रिजवान
खेल
६६
रन
१७६१
उच्च स्कोर
११५
मोहम्मद वसिम
अलराउण्डर मोहम्मद वसिम
खेल
१६
रन
५७
उच्च स्कोर
१७
विकेट
२४
उत्कृष्ट बलिङ
४/३६
साउद सकिल
ब्याट्समेन साउद सकिल
खेल
रन
७६
उच्च स्कोर
५६
सदाब खान
अलराउण्डर सदाब खान
खेल
६४
रन
७३४
उच्च स्कोर
८६
विकेट
८३
उत्कृष्ट बलिङ
४/२७
शाहिन अफ्रिदी
बलर शाहिन अफ्रिदी
खेल
४४
विकेट
८६
उत्कृष्ट बलिङ
६/३५
उसमा मिर
बलर उसमा मिर
खेल
विकेट
११
उत्कृष्ट बलिङ
४/४३

खेल तालिका

पाकिस्तान पाकिस्तान
२८६/१० (४९ overs)
win
VS
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
२०५/१० (४१ overs)
राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम, हैदराबाद
एकदिवसीय विश्वकप २०२३
पाकिस्तान ८१ रनले विजयी
पाकिस्तान पाकिस्तान
३४५/४ (४८.२ overs)
win
VS
श्रीलंका श्रीलंका
३४४/९ (५० overs)
राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम, हैदराबाद
एकदिवसीय विश्वकप २०२३
पाकिस्तान ६ विकेटले विजयी
भारत भारत
१९२/३ (३०.३ overs)
win
VS
पाकिस्तान पाकिस्तान
१९१/१० (४२.५ overs)
नरेन्द्र मोदी स्टेडियम, अहमदाबाद
एकदिवसीय विश्वकप २०२३
भारत ७ विकेटले विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
३६७/९ (५० overs)
win
VS
पाकिस्तान पाकिस्तान
३०५/१० (४५.३ overs)
एम. चिन्नास्वामी स्टेडियम, बैंगलौर
एकदिवसीय विश्वकप २०२३
अस्ट्रेलिया ६२ रनले विजयी
पाकिस्तान पाकिस्तान
२८२/७ (५० overs)
VS
अफगानिस्तान अफगानिस्तान
२८६/२ (४९ overs)
win
एम. ए. चिदम्बरम स्टेडियम, चेन्नई
आईसीसी एकदिवसीय विश्वकप
अफगानिस्तान ८ विकेटले विजयी
पाकिस्तान पाकिस्तान
२७०/१० (४६.४ overs)
VS
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
२७१/९ (४७.२ overs)
win
एम. ए. चिदम्बरम स्टेडियम, चेन्नई
आईसीसी एकदिवसीय विश्वकप
दक्षिण अफ्रिका १ विकेटले विजयी
पाकिस्तान पाकिस्तान
२०५/३ (३२.३ overs)
win
VS
बंगलादेश बंगलादेश
२०४/१० (४५.१ overs)
इडेन गार्डेन्स, कोलकाता
आईसीसी एकदिवसीय विश्वकप
पाकिस्तान ७ विकेटले विजयी
न्युजिल्याण्ड न्युजिल्याण्ड
४०१/६ (५० overs)
VS
पाकिस्तान पाकिस्तान
२००/१ (२५.३ overs)
win
एम. चिन्नास्वामी स्टेडियम, बैंगलौर
आईसीसी एकदिवसीय विश्वकप
पाकिस्तान २१ रनले विजयी (डीएलएस मेथड)
इंग्ल्याण्ड इंग्ल्याण्ड
३३७/९ (५० overs)
win
VS
पाकिस्तान पाकिस्तान
२४४/१० (४३.३ overs)
इडेन गार्डेन्स, कोलकाता
आईसीसी एकदिवसीय विश्वकप
इंग्ल्याण्ड ९३ रनले विजयी