सन् २००० र २०१० को दशकमा श्रीलंका कुनै पनि ठूला विश्व प्रतियोगितामा प्रवेश गर्दा मनपर्ने टोलीमध्ये एक थियो । तर पछिल्ला केही वर्षमा टोलीको प्रदर्शन खस्किएको छ । टी–२० विश्वकपमा श्रीलंकाले एक बलियो टोलीको रूपमा आफूलाई स्थापित गरेको छ र एक पटक उपाधि पनि जितेको छ ।
सन् २०२६ को विश्वकप आयोजकका रूपमा रहेको श्रीलंकाले यो पटक पनि उपाधि जित्ने लक्ष्य बनाएको छ । जसमा टिमको आफ्नो प्रदर्शनलाई सुधार गर्दै घरेलु मैदानको साथ उसलाई छ ।
टी–२० विश्वकपमा श्रीलंकाको प्रदर्शन
प्रतियोगिताको पहिलो संस्करणमा श्रीलंकालाई उपाधि जित्ने दाबेदार मानिएको थियो । तर, टोली सुपर ८ बाटै बाहिरियो । समूह चरणमा न्युजिल्यान्ड र केन्यालाई हराएर सुपर ८ मा पुगेको श्रीलंकाले पाकिस्तान र अस्ट्रेलियासँग हार बेहोर्यो । बंगलादेशलाई हराए पनि टोली सुपर ८ को समूह ‘बी’ मा तेस्रो भयो ।
टी२० विश्वकपको दोस्रो संस्करणमा श्रीलंकाले राम्रो प्रदर्शन गर्यो । वेस्ट इन्डिज र अस्ट्रेलियासँगै ‘ग्रुप अफ डेथ’ मा परे पनि दुई खेल जितेर शीर्ष स्थानमा पुग्यो । सुपर ८ मा पनि श्रीलंकाले पाकिस्तान, न्युजिल्यान्ड र आयरल्यान्डलाई पछि पार्दै समूहमा शीर्ष स्थानमा रह्यो । सेमिफाइनलमा वेस्ट इन्डिजलाई हराउँदै फाइनलमा पुगेको श्रीलंका पाकिस्तानसँग पराजित भयो ।
वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा श्रीलंकाको प्रदर्शन राम्रो भए पनि उपाधि जित्न सकेन । समूह चरणमा न्युजिल्यान्डसँग पराजित भए पनि केन्यालाई हराएर सुपर ८ मा पुग्यो । सुपर ८ मा भारत र वेस्ट इन्डिजलाई हरायो तर अस्ट्रेलियासँग पराजित भयो । सेमिफाइनलमा इंग्ल्यान्डसँग श्रीलंका पराजित भयो ।
श्रीलंकाले पहिलो पटक टी–२० विश्वकप आयोजना गर्ने मौका पाएको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा श्रीलंकाले जिम्बावेलाई हराएर समूह चरण पार गर्यो । सुपर ८ मा सबै तीन खेल जितेर सेमिफाइनलमा पाकिस्तानलाई हरायो । तर फाइनलमा वेस्ट इन्डिजसँग पराजित भयो ।
बंगलादेशमा भएको टी–२० विश्वकपमा श्रीलंकाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा वेस्ट इन्डिजलाई हरायो र फाइनलमा भारतलाई हराएर पहिलो टी–२० विश्वकप जित्यो ।
साविक विजेता श्रीलंका २०१६ को टी–२० विश्वकपमा उपाधि रक्षा गर्ने लक्ष्यका साथ प्रवेश गरेको थियो। तर टोलीले समूह चरणमा एउटा मात्र खेल जित्यो र प्रतियोगिताबाट बाहिरियो ।
श्रीलंकाले छनोट चरण पार गरेर दोस्रो चरणमा पुग्यो । तर, दोस्रो चरणमा वेस्ट इन्डिज र बंगलादेशलाई हराए पनि टोली सुपर १२ बाट बाहिरियो ।
अस्ट्रेलियामा भएको टी२० विश्वकपमा श्रीलंकाले छनोट चरण पार गरेर दोस्रो चरणमा पुग्यो। तर, अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डसँगको हारले टोलीको यात्रा सुपर १२ मै टुङ्गियो ।
संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकप २०२४ मा श्रीलंकाको यात्रा समूह चरणमै टुङ्गियो । समूह ‘डी’ मा रहेको श्रीलंकाले पहिलो दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशसँग हार बेहोर्यो। नेपालसँगको खेल वर्षाका कारण रद्द भएपछि श्रीलंकाको अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बन्यो । नेदरल्यान्ड्सलाई हराए पनि टोली सुपर–८ मा पुग्न असफल रह्यो। सन् २०१४ को च्याम्पियन श्रीलंका लगातार चौथो पटक विश्वकपको नकआउट चरणमा पुग्न असफल भएको हो ।
श्रीलंकाको टोली :
दासुन शनाका (कप्तान), पाथुम निसान्का, कामिल मिशारा, कुशल मेन्डिस, कुशल परेरा, चरित असलंका, कामिन्दु मेन्डिस, जनिथ लियानागे, पवन रत्नायके, दुनिथ वेल्लालागे, वनिन्दु हसरंगा, महेश थिक्क्षणा, दुशमन्था चमिरा, मथिशा पथिराना र ईशान मलिंगा।
लहिरु कुमारा
चरिथ असलाङ्का
धनन्जय डी सिल्भा
दिल्सान मधुशंका
दिमुथ करुनारत्ने
दुनिथ वेलालागे
दासुन सनाका
दुसान हेमन्थ
कसुन रजिथा
कुशल मेन्डिस
कुशल परेरा
महिश थिक्साना
मथिसा पथिराना
पाथुम निशांका
सदिरा समिराविक्रमा
दक्षिण अफ्रिका
श्रीलंका
पाकिस्तान
श्रीलंका
अस्ट्रेलिया
श्रीलंका
नेदरल्यान्ड्स
श्रीलंका
इंग्ल्याण्ड
श्रीलंका
अफगानिस्तान
श्रीलंका
भारत
श्रीलंका
बंगलादेश
श्रीलंका
न्युजिल्याण्ड
श्रीलंका