काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी किनारमा खुला रूपमा फोहोर थुपारिँदा हवाई उडान सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर परेको छ ।
- खुला क्षेत्रमा फोहोर फाल्ने क्रम बढेपछि चिल, गिद्ध, भुस्याहा कुकुर र कौवाको चहलपहल बढेको छ, जसले बर्ड स्ट्राइकको जोखिम बढाएको छ ।
- वर्षातको समयमा फोहोरको लेदो सडकभरि फैलिँदा झाडापखाला, हैजा र डेंगु जस्ता सङ्क्रामक रोग फैलिने उच्च जोखिम देखिएको छ ।
काठमाडौँ । देशकै प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिपट्टि (पूर्वी किनार/मनोहरा क्षेत्र) खुला रूपमा फोहोर थुपारिँदा हवाई उडान सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर परेको छ ।
खुला क्षेत्रमा मासुका अवशेष, कुहिएका फलफूल तथा प्लास्टिकयुक्त फोहोर फाल्ने क्रम बढेपछि आकाशमा चिल, गिद्ध, भुस्याहा कुकुर र कौवाको चहलपहल तीव्र बनेको छ । जसका कारण दैनिक उडान र अवतरणमा बर्ड स्ट्राइक (पक्षी ठोक्किने) को ठुलो जोखिम बढेको छ ।
_SFVFcyMRdM.jpg)
विमानस्थलको रनवे एप्रोच लाइट र तारबार नजिकै जथाभाबी फोहोर थुपारिएको र यसले उडानमै अवरोध पुर्याएको चौतर्फी गुनासो आएपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा एक टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।
‘अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै खुला फोहोर फाल्नु उडान सुरक्षामा गम्भीर आँच पुर्याउनु हो । फोहोरका कारण पक्षीहरू आएर उडान प्रभावित हुने समस्या रहन्छ ।’
_Pb8rBHWG2o.jpg)
अनुगमनका क्रममा विमानस्थलको पर्खालसँगै जोडिएका कच्ची सडक र खुला जग्गामा मासु पसलबाट ल्याइएका हड्डी तथा छालायुक्त फोहोर, फलफूलका अवशेष, र ढलको दूषित पानी सडकमै थुप्रिएर गन्हाउने अवस्था पाइएको छ । वर्षातको समयमा फोहोरको लेदो सडकभरि फैलिँदा वरपरका स्थानीय बासिन्दामा झाडापखाला, हैजा र डेंगु जस्ता सङ्क्रामक रोग फैलिने उच्च जोखिमसमेत देखिएको छ ।
_NFinvcbWbH.jpg)
अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्र आसपास खुला फोहोर फाल्नु राष्ट्रिय सुरक्षा र नागरिकको जीवनमाथि नै ठुलो खेलबाड हो । हवाई उडानको दृष्टिकोणले यो अति नै संवेदनशील क्षेत्र हो । फोहोरका कारण चिल र गिद्ध आकाशमा झुम्मिँदा जहाज दुर्घटनाको ठुलो खतरा रहन्छ । जथाभाबी फोहोर फाल्ने व्यक्ति तथा फार्महरूलाई तत्काल कडा कारबाही गर्नुपर्छ । तस्बिरहरू : न्युज एजेन्सी नेपाल
_HT1qWoPHfU.jpg)
_UKJ9ZxX35q.jpg)
_9j19mz6DpY.jpg)
_Ew09JGCc53.jpg)
_KGgniADmm3.jpg)
_PZjjXvMkBC.jpg)
_Ya3WN1V3Ru.jpg)
_V4e6gSLFVd.jpg)
_mB0BgQi2JU.jpg)
_SY6fC4G7Om.jpg)
_SUnuIfyWsl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण