त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
बिहीबार, ०७ साउन २०८३, ११ : ३१
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्।
- थाई एयरवेजको उडानमार्फत बैंककबाट काठमाडौं आएका यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
- सुटकेसभित्र लुकाएर ल्याएको ८ किलोग्राम थाई गाँजा बरामद गरिएको छ र आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बिहीबार थाई एयरवेजको उडान नम्बर टीजी–३०९ मार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएका विदेशी यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारतको मणिपुर ठेगाना भएका २० वर्षीया मोना देवी लोङ्जाम र २३ वर्षीया ओइनाम एली रहेका छन्। उनीहरूले सुटकेसभित्र लुकाएर ल्याएको ८ किलोग्राम थाई गाँजा बरामद गरिएको ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार घटनास्थलबाट दुई थान राहदानी र दुई थान मोबाइल फोन पनि बरामद गरिएको छ। पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण