अमेरिकाको डिसीमा बीपी जयन्ती
अमेरिका– काँग्रेसका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको १०६ औ जन्मजयन्ती अमेरिकामा पनि मनाइएको छ । नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको आयोजनामा कोइरालाको जन्मजयन्ती मनाइएको हो ।
कार्यक्रममा काँग्रेसका नेता एव्म सांसद डा मिनेन्द्र रिजालले नेपाली राजनीतिमा स्वर्गीय कोइरालाले गरेको योगदानको चर्चा गर्दै आफू मर्न तयार भएर पनि देश जोगाउन लागि परेको स्मरण गरे ।
‘राष्ट्रियता गुम्नसक्छ भन्ने बुझेर आफूलाई फाँसी नै भए होस् तर राष्ट्रलाई जोगाउनुपर्छ भन्दै बीपी २०३३ सालमा मेलमिलापको नीति बोकेर स्वदेश फर्कनु भएको थियो’ रिजालको भनाइ थियो ।
कार्यक्रममा काँग्रेस नेत्रृ तथा सांसद सरिता प्रसाई, वरिष्ठ साहित्यकार हरी अधिकारी, प्रकाश नेपाल, मोहन निरौला, बिमला निरौला, भरत रेग्मी, किरण सिंह थापा लगायतले कविता बाचन गर्दै साहित्यकार समेत रहेका कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण