“सामसङ आयो, खुसी छायो”
काठमाडौं– सामसङले आकर्षक चाडपर्व योजनाहरु प्रस्तुत गरेको छ । यस वर्षको उत्सवको मौसममा समसङले “सामसङ आयो, खुसी छायो” योजना प्रस्तुत गरेको हो । यस योजनासँगै सामसङले आफ्ना उत्पादनहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको छ ।
“सामसङ आयो, खुसी छायो” योजनाले वास्तवमै नयाँ टिभी वा अन्य होम अप्लाइन्सहरुको खरिद गर्ने योजना बनाएका ग्राहकहरुलाई आकर्षक छुट प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।
टिभी, वासिङ्ग मेसिन तथा फ्रिज जस्ता उपकरणहरुले चाडपर्वमा रौनकता थप्ने हुँदा सामसङले उपभोक्ताहरुलाई अझै खुसी प्रदान गर्न यो छुट प्रदान गरेको हो ।
यस छुटको साथसाथै सामसङले आफ्ना टिभीहरुमा २ वर्षको वारेन्टी (१ वर्ष फुल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा), डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी, तोकिएका आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित होम अप्लाइन्सहरुको निःशुल्क जडान गरिदिने व्यवस्था पनि मिलाएको छ ।
हिम इलेक्ट्रोनिक्स प्रा.लि तथा त्रिवेणी ब्यापार प्रा.लि.का अधिराज्यभरु रहेका आधिकारीक डिलर नेटवर्क अन्तर्गतका वितरकहरु मार्फत यो योजना आश्विन १ गतेदेखि कात्र्तिक २९ गतेसम्म रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
-
गण्डकीमा बहुवर्षे योजनाको चाप, सरकारै पिच्छे थपिन्छन् अर्बौंका दायित्व
-
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे, को–को बन्दैछन् मन्त्री ?
-
लुम्बिनी प्रदेशमा झण्डै ३० अर्बको बजेट आउने अनुमान
-
हैदराबादले लखनउलाई हराउँदा कुन-कुन रेकर्ड तोडियो ?