६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान
काठमाडौँ । ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ नेपाली विद्यार्थी चीन प्रस्थान गरेका छन् । यस वर्ष चीनको शांघाईमा आयोजना हुने ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२६ मा नेपालको प्रतिनिधित्व गर्न छनौट भएका ६ जना विद्यार्थी हिजो शनिबार चीन गएका हुन् ।
म्याथमेटिकल एसोसिएसन अफ नेपालले देशभर सञ्चालन गरेको जिल्ला, प्रदेश र राष्ट्रिय तहको बहुचरणीय छनोट तथा विशेष प्रशिक्षणपछि ६ विद्यार्थीहरूलाई छनोट गरेको हो । यस वर्ष छनोट हुने प्रतिस्पर्धीहरूमा मिसन जोशी, युगान्तर कालाखेती, प्रसिद्ध थापा, आयम आचार्य, अरिज पोखरेल र निसान खत्री रहेका छन् ।
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड नेपालको अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२६ टोलीका नेता अध्यक्ष हरि प्रपन्न कँडेलका अनुसार यो प्रतियोगिता सरकारको स्टिम विकाससम्बन्धी राष्ट्रिय कार्यविधि–२०८२ अनुरूप सञ्चालन हुँदै आएको छ र यसको प्रतिवेदन विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा समेत पेस गरिनेछ ।
विगत एक दशकभन्दा बढी समयदेखि सञ्चालित यस कार्यक्रमले नेपाली विद्यार्थीको तार्किक क्षमता, सिर्जनशील सोच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको कँडेलले बताए ।
यस वर्षको नेपाली टोलीमा उपनेता नारायण पौडेल, संयोजकमा छवि ढुङ्गाना र प्रमुख प्रशिक्षकमा प्रजित अधिकारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण