मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल
मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो प्रतिवेदन अवधिमा यस क्षेत्रको राजस्व ४७ दशमलव सात प्रतिशतले बढेको मालदिभ्सको सरकारी सञ्चारमाध्यम ‘पीएसएम न्यूज’ले जनाएको छ ।
मालदिभ्सको आन्तरिक राजस्व प्राधिकरणको तथ्याङ्क उद्धृत गर्दै पीएसएम न्युजले डिसेम्बर २०२५ देखि फेब्रुअरी २०२६ सम्मको अवधिमा समग्र पर्यटन क्षेत्रले ४४७ मिलियन अमेरिकी डलर बराबरको ‘आउटपुट कर’ सङ्कलन गरेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको ३७१ मिलियन डलरको तुलनामा २० दशमलव पाँच प्रतिशतले बढी हो ।
प्रतिवेदनअनुसार डाइभिङ व्यवसायको राजस्व अघिल्लो वर्षको २१ दशमलव ६८ मिलियन डलरबाट बढेर ३२ दशमलव ०३ मिलियन डलर पुगेको छ, जसले यो क्षेत्रलाई पर्यटन उद्योगको सबैभन्दा तीव्र गतिमा बढिरहेको उपक्षेत्र बनाएको छ ।
यसैगरी, वाटर स्पोर्ट्स सेन्टरको राजस्व ४९ दशमलव २० प्रतिशतले वृद्धि भई आठ दशमलव दुई मिलियन डलरबाट १२ दशमलव ३७ मिलियन डलर पुगेको छ । होमस्टे तथा गेस्टहाउसले पनि ६० दशमलव आठ प्रतिशतको वृद्धि दर्ता गरेका छन्, यद्यपि समग्र पर्यटन बजारमा तिनको योगदान तुलनात्मक रूपमा सानो रहेको प्रतिवेदनमा उल्लेख छ ।
पर्यटन राजस्वको सबैभन्दा ठूलो हिस्सा ओगट्ने रिसोर्टको आयमा भने २१ प्रतिशतले वृद्धि भएको छ ।
पीएसएम न्युजका अनुसार उक्त अवधिमा मालदिभ्समा आउने पर्यटकको कुल सङ्ख्यामा ११ दशमलव छ प्रतिशतले वृद्धि भएको छ, जसले पर्यटन क्षेत्रको समग्र वृद्धिमा योगदान पु¥याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत
-
कहिले होला सुदूरपश्चिम सरकारकाे बजेट पारित ?
-
६१ वर्षको उमेरमा आमिर खानले गरे तेस्रो विवाह
-
महोत्तरीमा करिब ४८७ किलो गाँजासहित दुईजना पक्राउ
-
जनकपुर उच्च अदालतमा दुई वर्ष पुराना मुद्दाको संख्या शून्य
-
प्रधानमन्त्री कार्यालय ‘ब्याक’, विशेष अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा राहदानी आपूर्ति प्रक्रिया अघि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण