यसरी मनाइयो प्रदेश ५ मा संविधान दिवस (फोटोफिचर)
बुटवल – प्रदेश ५ सरकारले भव्य रुपमा संविधान दिवस मनाएको छ । आज बुटवलमा जातिय भेषभुषा र संस्कृति झल्कने झाँकी र बाजागाजा सहित संविधान दिवस मनाइएको हो । बिहान बुटवल चारौहाबाट निकालिएको र्याली बुटवल मण्डपमा पुगेर मुल समारोहमा परिणत भएको थियो ।
मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले राज्य बलियो बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरे । संविधानले नागिरकलाई अधिकार सम्पन्न बनाएकाले त्यसलाई संस्थागत गर्न राज्यलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जारी भएको संविधान कार्यान्वयनमा तीन तहका सरकार क्रियाशील रहेको र आर्थिक विकास र समृद्धिको काममा सरकार लागेको बताए ।
उत्कृष्ट १० वटा समूहलाई पुरस्कृत
संविधान दिवस विशेष समारोहमा ९६ वटा झाँकी सहितका र्याली समूह सहभागि भएका थिए । त्यसमध्ये उत्कृष्ट १० वटा समूहलाई पुरस्कृत गरिएको थियो । झाँकी सहितको ¥यालीमा तिलोत्तमा नेवा मयजु खलः रुपन्देही प्रथम, पद्म चैत्य बिहार बुटवल १ र कालिका मानवज्ञान माध्यमिक बिद्यालय द्वितीय र जितगढी सराँय व्यवस्थापन समिति बुटवल, सैनामैना नगरपालिका तथा नेवा समाज प्रदेश पाँच रुपन्देही तृतीय भएका थिए ।

त्यस्तै राधेश्याम महिला भजन मण्डली बुटवल, क्षेत्री समाज नेपाल रुपन्देही, खेमा तम छोंज धी देवदह र थारु साँस्कृतिक मयुर नाच सान्त्वना भएका थिए । झाँकीमा उत्कृष्ट समूहलाई क्रमशः प्रथमलाई ४० हजार, द्वितीयलाई २६ हजार ६६७, तृतीयलाई १३ हजार ३३३ र सान्त्वनालाई ९ हजार ३ सय ३३ रुपैंया पुरस्कार प्रदान गरिएको थियो ।
उनीहरुलाई प्रदेश पाँचका प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री पोखरेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण