कविता : मखमली
शनिबार, ०४ असोज २०७६, १२ : ३९
-कमल पोखरेल
खुसी टिपेर
उसैगरी फुल्न चाहान्थे
जसरी विपनाभन्दा टाढा
मखमली भीरमा फुलिरहन्थे ।
र लोभ्याइरहन्थे मन
सपनाबाट
यथार्थको कुरूक्षेत्रमा
कोपिलाबाट तङ्ग्रिँदै
वयस्क बनेको
सिल्पकारले बनाएको
आकृति
कुदाइमा सुसज्जित
आकृति चम्किए पनि
फुल्न चाहेन
मनमा कुदिएका
खारेजी चेत
संशोधित सम्बन्धले
त्यो
अर्थहीन रोपिएका
बिज
अन्यौल फक्रिँदो, उजाड
परिवेश, देखेर
भक्कानिए, अकमक्किए
मखमली फूल ।
पाठशालामा पनि रोपिएका थिए
मखमली
मोहकता भरिएको वा
गुरूबाट भराइएको,
स्वभावतः खस्रो, तिखो
आफैमा अविजित
तर
फुङ्ग अनुहारमा
मधुर खुसी बोकेर आउने
दसैँ, तिहारमा
मखमली
उपहार तिमीलाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
-
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा २ इरानी ड्रोन खसाल्यो
-
चोटका कारण कोहली अफगानिस्तानविरुद्धको एकदिवसीय शृङ्खलाबाट बाहिर
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण