बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री लामाको अन्त्येष्टि

बिहीबार, ०९ असोज २०७६, २० : २९
बिहीबार, ०९ असोज २०७६

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सत्यमान लामाको आज बौद्ध परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको छ । मधुमेह र फोक्सोमा सङ्क्रमण भएपछि उपचारका लागि हेल्पिङ हैण्ड्स अस्पताल भर्ना हुनुभएका ७४ वर्षीय लामाको बुधबार निधन भएको हो ।

उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् । शव यात्रा सुरु हुनुपूर्व राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले स्व. नेता लामाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप