कोशी प्रदेश
कोशीमा आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, माओवादीका उप्रेती र एमालेका मगर मन्त्री
बिहीबार, २७ वैशाख २०८१, १७ : २१
विराटनगर । कोशी प्रदेश सरकारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सपथपछि माओवादीका गणेश उप्रेती र एमालेका रामबहादुर मगर मन्त्री हुने भएका छन् । मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएसँगै आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको हो ।
प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथको तयारी भइरहेको छ । उनको सपथसँगै दुई मन्त्रीको पनि सपथ हुनेछ । एमालेबाट मन्त्री बन्न लागेका मगर इलामबाट निर्वाचित सांसद हुन् । माओवादीका उप्रेती मोरङका सांसद हुन् । दुबै जना यसअघि पनि मन्त्री भइसकेका छन् । दुबै जनाले विनाविभागीय मन्त्रीको सपथ लिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण