मन्त्रिपरिषद् बैठक
समाज कल्याण परिषद्को उपाध्यक्षमा माझी नियुक्त
बिहीबार, २७ वैशाख २०८१, १८ : ५९
काठमाडौँ । सरकारले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा माझीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण