सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
बालेनको सहरमा सीके राउतको पोस्टर (फोटोफिचर)

बालेनको सहरमा सीके राउतको पोस्टर (फोटोफिचर)

बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । सीके राउतको फोटो भएको पोस्टर अहिले बालेन शाह मेयर रहेको काठमाडौँ महानगरपालिका भित्रको पोल तथा भित्ताहरूमा जताततै देख्न पाइन्छ । ‘नौलो गणतन्त्र, सामाजिक लोकतन्त्र २०८१ जेठ १५ गते काठमाडौँको भृकुटीमण्डप जाऔँ नौलो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’ पोस्टर काठमाडौँ महानगरभित्र जताततै देख्न सकिन्छ ।  

सीके राउतको पार्टीले काठमाडौँ महानगरको फोहोरमैला तथा वातावरण ऐन विपरीत जथाभाबी पोस्टर टाँसिरहेको छ । 

महानगरले सार्वजनिक स्थान, भित्ता, विद्युत्, टेलिफोनका पोलमा प्रचारप्रसार गर्ने उद्देश्यले पोस्टर टास्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० बमोजिन एक लाख रुपैयाँसम्म जरिवान लिने गर्छ । 

केहि समय अगाडि काठमाडौँ महानगरपालिकाले जथाभावी फिल्मको पोस्टर पोलमा टाँसेर वातावरण प्रदुषित गरेको भन्दै चलचित्र बगानको निर्मातालाई जरिवाना तिराएको थियो । चलचित्र बगानका निर्माता सुरेश वाग्लेले ५० हजार जरिवाना तिरेका थिए ।

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया