सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्ने सरकारको निर्णय

बिहीबार, २७ वैशाख २०८१, १८ : ५२
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई अनुमोदन गरेसँगै ४२ जनाले पुरस्कार पाउने भएका छन् । अब १९औँ एसियन खेलकुदका पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप