१० हजार घुससहित एक जना पक्राउ
मङ्गलबार, १४ असोज २०७६, २२ : ०९
काठमाडौं । नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारीलाई अख्तियारले पक्राउ गरेको छ ।
जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग
अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घुसबापतको १० हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई पोखरा महानगरपालिका वडा नं ९ स्थित बुद्ध चोक नजिकैबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण