सुनसान काठमाडौँ
आइतबार, १९ असोज २०७६, १८ : ११
दसैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका सुनसानजस्तै देखिन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् ।
अघिपछि सवारी जाम हुने विभिन्न चोकहरुमा आइतबार रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका छन् । सवारी कम भएकाले शनिबार दिउँसो पनि कार्यस्थलमा खटिएका ट्राफिक प्रहरीहरु फुर्सदिला देखिएका थिए ।
कलङ्की, कोटेश्वर तथा न्यूरोडलगायत व्यापारिक क्षेत्रहरुमा केही भीडभाड रहे पनि अन्य ठाउँ भने सुनसान रहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार मात्रै तीन लाख ४५ हजार मानिस राजधानीबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण