चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सरकारको उपलब्धि : अध्यक्ष प्रचण्ड
चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणलाई सरकारको उपलब्धिका रुपमा अथ्र्याएका छन् ।
चितवनको माडीमा शुक्रबार आयोजित कम्युनिस्ट नेता दिवाकर भुषालको १६ औं स्मृति दिवस तथा समृति ग्रन्थ विमोचन समारोहमा उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सरकारको उपलब्धि भएको बताए ।
‘चिनियाँ राष्ट्रपति सि जिनपिङको यो भ्रमणले नेपालका लागि दूरगामी महत्व राख्छ’ उाले भने, ‘बाटो, उद्योग, औद्योगिक पार्क बनाउने सन्दर्भमा चीनसँग सम्झौता हुँदैछ । यो भ्रमण ऐतिहासिक हुने कुरामा हामी विश्वस्त छौं । २३ वर्षपछि चिनियाँ राष्ट्रपबिाट नेपाल भ्रमण हुँदैछ । २३ वर्षमा राजनीतिमा धेरै ठूलो परिवर्तन भएको छ । निरंकुश राजतन्त्रलाई बिदा गरिएको छ । मुलुक समाजवाद उन्मुख अवस्थामा छ ।’
चीनमा सि जिनपिङको नेतृत्वमा त्यहाँको सरकारले जनताको पक्षमा अभूतपूर्व विकास गरेर संसारकै दोस्रो ठूलो आर्थिक शक्तिको रुपमा आफूलाई उभ्याएको अध्यक्ष प्रचण्डको भनाइ थियो । यस्तै अध्यक्ष प्रचण्डले पाँच वर्षभित्र माडीलाई मणि बनाइने प्रतिवद्धता व्यक्त गरे ।
‘माडीलाई मणि बनाउने कुरा बिर्सेको छैन’ उनले भने, ‘२०२९ सालको वन ऐन संशोधन हुँदैछ, त्यसले माडीवासीलाई फाइदा पु¥याउने छ । माडीमा अर्गानिक खेतीको आयोजना ल्याउने पहल भइरहेको छ । आकासे पुल, भूमिगत बाटो वा राम्रो पिच बाटो माडीमा जसरी पनि बनाउँछौं । माडीको निम्ति संघर्ष मेरो सफलतासँग पनि जोडिएको छ । तपाइँहरुको सहयोग मलाई चाहिन्छ ।’
अध्यक्ष प्रचण्डले दिवाकर भुषालको पूर्ण कदको शालिक अनावरण समेत गरेका थिए । त्यसअघि उनले माडीको अयोध्यापुरीमा रहेको अस्पतालमा नवनिर्मित शल्यक्रिया कक्षको उद्घाटन गरेका थिए ।
यस्तै पार्टीका महासचिव विष्णु पौडेलले अबको युग विकास र समृद्धिको युग भएको बताए । उनले अध्यक्ष प्रचण्डको नेतृत्वमा माडी मणि बनेरै छाड्ने दृढता व्यक्त गरे। भुषालको आदर्शलाई पूरा गर्न सिंगो पार्टी लाग्नु पर्ने उनको भनाइ थियो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिवाकर भुषाल आफ्नो राजनीतिक आदर्श भएको बताए । उनले भुषालको आदर्शलाई व्यवहारमा उतार्दै अगाडि बढेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशैभर फैलियो मनसुनी वायु : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
-
आजको पञ्चाङ्ग र राशिफल : कस्तो छ तपाईँको दिन?
-
विदेशी मुद्राको विनिमयदरः कति छ आज डलर र युरो ?
-
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक कोएमानले दिए राजीनामा
-
एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण