महराको अप्रत्याशित बहिर्गमनले भूमरीमा शिवमाया !
२०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङफेको पहिलो प्रतिक्रिया थियो, ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैले लिने हो ।’
चार दशकदेखि राजनीतिमा सक्रिय तुम्बाहाङफे यहाँको ‘संस्कार’सँग परिचियत थिइन । जोड्ने, घटाउने, उचाल्ने र पछार्ने चलन अरुतिर जस्तै उनी आवद्ध तत्कालिन एमालेमा पनि थियो । अहिले नेकपामा पनि त्यो प्रवृत्ती हटेको छैन । त्यसैले पार्टी राजनीतिमा आफूभन्दा पछि आएका र थोरै काम गरेका पनि भटाभट अघि बढ्दा कताकता अलमलिएझैं महसुस गर्थिन् ।
राजनीतिक जीवन शुरु गरेको ३९ वर्षपछि भने उनी संसद्को दैलोभित्र छिर्न पाइन् । अहिले संसद्को आयु ३ वर्ष बाँकी छँदै सभामुख कृष्णबहादुर महराको अप्रत्याशित बहिर्गमनले उपसभामुखमा तुम्बाहाङफेको यात्रा धरमरमा छ । उनी सभामुख बन्न सक्ने बाटो त छ तर राजनीतिक घटनाक्रमले त्यसमा अप्ठ्यारो देखिएको छ ।
यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण