महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश
आइतबार, ०३ कात्तिक २०७६, १८ : ४५
काठमाडौं – संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा अनुसन्धानका लागि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको हो ।
दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएका महरालाई जिल्ला अदालतले सरकारी वकिल कार्यालयमा सात घन्टा लामो बयानपछि जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो।
यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो । प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण