आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

महराको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

शुक्रबार, ०८ कात्तिक २०७६, १९ : ४७
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं– प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयास आरोपको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। महराविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

२० दिन लगाएर तयार पारेको राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको उनले बताए । प्रतिवेदन प्रहरी परिसर काठमाडौले बुझाएको हो ।

महरालाई मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुर्व्यवहार सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ। अब महरामाथि सरकारी वकिलको कार्यालयमा पुगेको प्रहरी प्रतिवेदनको थप अध्ययन गरेर मुद्दा चलाउने वा नचलाउने भन्ने कुरा निक्र्यौल हुने बताइएको छ । 

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले जबर्जस्ती करणी उद्योगमा उजुरी गरेपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए । त्यसअघि असोज २८ गते महरामाथि अनुसन्धानका लागि १३ दिनको म्याद थपिएको  थियो । असोज १२ गते घटना भएको दुईदिनपछि असोज १४ गते महराले सभामुख पदबाट राजीनामा दिएका थिए।

दसैं हिरासतमै बिताएका महराको तिहार पनि हिरासतमै हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप