नेकपामा गुट : कसैलाई अवसरको खातैखात, कसैलाई पुर्पुरोमा हात
विरोध खतिवडा संसद् र संसदीय प्रक्रियाका जानकार । खतिवडाले संसदमा नियमापत्ति जनाउनेबित्तिकै सबैको ध्यान उनैतर्फ केन्द्रित हुन्छ । सभामुखदेखि विपक्षी दललाई पनि आच्छुआच्छु पार्ने स्वभाव छ खतिवडाको ।
नेकपा केन्द्रीय सदस्य खतिवडाले तीनपटक संसदीय निर्वाचन जिते । एकपटक निर्वाचन जितेकाहरूले मन्त्री पद पाउँदा पनि खतिवडा भने नेकपाको संसदीय समितिमै हल्लिरहेका हुन्छन् । सार्वजनिक लेखा समितिमा प्रभावकारी भूमिका खेलिरहे पनि अवसरका बेला भने नेताहरूको ‘विपक्षी’ कै लाइनमा पर्छन् खतिवडा ।
नेपाल ल क्याम्पसमा अध्ययन गर्दैगर्दा तत्कालीन एमालेले वसन्त नेम्वाङलाई पाँचथर पठायो । कलिलै उमेरमा ०४८ सालकै संसदीय निर्वाचनमा विजयी बने नेम्वाङ । उनले ०५१ र ०७४ को संसदीय निर्वाचन जिते। मन्त्रिपरिषद् विस्तारको चर्चा चल्यो कि सम्भावित मन्त्री भन्दै नेम्वाङको नाम मिडियामा आउँछ । तर उनले अवसर पाएका छैनन् । ‘मन्त्रीको चर्चा भयो कि सुवास नेम्वाङ आफ्ना भाइ वसन्तलाई मन्त्री बनाउन लाग्यो भनेर मिडियामा आउँछ,’ वसन्त निकट एक सांसदले भने, ‘०४८ सालमै चुनाव जितेर संसदीय प्रक्रियामा प्रवेश गरेको व्यक्ति सुवास नेम्वाङसँग जोडिएर नाम आउँदा कति दिक्क लाग्दो हो ।’
सत्तासीन नेकपामा कसैलाई अवसरको खातैखात लाग्छ, त कोही चिल्लै हुन्छन् । सत्तासीन नेकपाभित्र पूर्वमाओवादीमा दुई पटक चुनाव जितेका एकजनाबाहेक सबै मन्त्री बनिसके । तर पूर्वएमालेतिर भने गुट र व्यक्तिगत इगोका कारण १० जना सांसद दुईपटक चुनाव जितेर पनि मन्त्री बन्न वञ्चित छन् ।
गुट र नेता निकटका भने समानुपातिक कोटामा सांसद बनेर पनि छोटै अवधिमा मन्त्री बनिसके । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दलहरूबीच जातीय आधारमा प्रदेश बनाउने कि बनाउने भन्नेमा तीव्र विवाद थियो । यो समाचार अन्नपूर्ण पोस्ट्मा नरेन्द्र साउदले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा कुकुरलाई ‘होस्टेल’
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण