बङ्गलादेशका कप्तान शकिबलाई दुई वर्ष प्रतिबन्ध
एजेन्सी । बङ्गलादेशका टेस्ट टोलीका कप्तान शकिब अल हसनलाई दुई वर्ष प्रतिबन्धको सजाय दिइएको छ । भ्रष्टाचारका लागि गरिएको प्रस्ताव रिपोर्ट नगरेको भन्दै उनलाई सो सजाय सुनाइएको हो ।
३२ वर्षीय खेलाडीले ‘बेटिङका लागि भित्री सूचना’ मागबारे तीनवटा आरोपहरु स्वीकार गरेका छन् ।
सन् २०१८ को जनवरीमा श्रीलंका र जिम्बाव्वेबिरुद्धको त्रिदेशीय प्रतियोगिताका दौरानलाई अफर आएको थियो ।
शकिब अलराउण्डरहरुको एकदिवसीय खेलको वरियतामा शीर्ष स्थानमा रहेका छन् । उनले बङ्गलादेशका लागि ३३८ खेल खेलेका छन् ।
सन् २०१९ को क्रिकेट विश्वकपमा तेस्रो धेरै रन बनाएका थिए । जसक्रममा उनले २ शतक पनि हिर्काएका थिए ।
शकिबको एक वर्षको प्रतिबन्धलाई निलम्बन गरिएको छ । उनले सन् २०२० को २९ अक्टोबरपछि मैदानमा फर्कन पाउनेछन् ।
‘मलाई आशा छ म चाँडै क्रिकेटमा फर्कने छु । म अझ सशक्त बन्नेछु र आफ्नो जिम्मेवारीलाई थप लगनका साथ पूरा गर्नेछु,’ उनले प्रतिबन्धको घोषणापछि भने ।
शकिबले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको भ्रष्टाचारबिरोधी युनिटलाई अफर आए पनि कुनै कारवाही नगरेको, कुनै सूचना नदिएको र कुनै रकम प्राप्त नगरेको बताए थिए ।
यद्यपि, त्यस्तो अफरबारे जानकारी नदिएको भन्दै शकिबलाई कारवाही गरिएको छ ।
अब उनको स्थानमा मोनिमुल हकले टेस्ट टोलीको कप्तानी सम्हानेछन् भने टी–२० को कप्तानी मोहमदुल्लाले निभाउनेछन् ।
यता, प्रधानमन्त्री शेख हसिनाले शकिबप्रति समर्थन जनाउँदै उनले गल्ती गरेको तर साथै आफूले महसुस पनि गरेको प्रतिक्रिया दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण