आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो

आइतबार, २८ असार २०८३, १६ : ३९
आइतबार, २८ असार २०८३

काठमाडौँ । बझाङको सुङ्गुरेमा भएको जिप दुर्घटनामा परेर घाइते भएका ५ जनालाई थप उपचारको लागी नेपालगञ्जमा ल्याइएको छ। सेनाको हेलिकाेप्टरमार्फत ३ जना महिला र २ जना पुरुषलाई आइतबार नेपालगञ्ज मेडिकलमा ल्याइएको हो। 

त्यस्तै स्वास्थ्य अवस्था जटिल भएका २ जना घाइतेलाई स्काई ट्रक मार्फत काठमाडौँ ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। एक जना बालिकालाई प्रादेशिक अस्पताल सुर्खेतमा भर्ना गरिएको छ । शनिबार केदारस्यूँ गाउँपालिका–७ मा भएको दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा विमला धामी, केलादेवी महल तर चक्र महत छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप