दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
आइतबार, २८ असार २०८३, १६ : ०८
सारांश
- अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएपछि उनको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
- गत मङ्गलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी उनको शल्यक्रिया वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले गरेको छ ।
- दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ र उनी एक सातापछि डिस्चार्ज हुनेछिन् ।
काठमाडौँ। अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। ब्रेन ट्युमर भएपछि गत मङ्गलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् ।
उनको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको निरौलाका नजिकका सहकर्मी कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
कलाकार गिरीका अनुसार उनलाई अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको छ। दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनी एक सातापछि डिस्चार्ज हुनेछिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
-
खाद्य र ऊर्जा सङ्कटको जोखिम : आपूर्ति प्रणाली सुदृढ बनाउन योजना आयोगको जोड
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण