कपिलवस्तु अपडेट : कृष्णनगरको कर्फ्यू हट्यो
शनिबार, १६ कात्तिक २०७६, ०९ : ०३
बुटवल । बिहीबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगाएको कर्फ्यू शनिबार बिहान ६ बजेदेखि हटाएको छ ।
मूर्ति विर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यु प्रशासनले अवस्था सामान्य बनेपछि हटाएको हो ।
बुधबार साँझ मूर्ति विसर्जन गर्ने विषयमा कृष्णनगरका दुई समुदायबीच झडप भएको थियो । झडप बढ्ने अवस्थालाई मध्यनगर राखेर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार बिहान ११ बजेबाट अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।
कर्फ्यू लागेको बेला गोली लागेर भारत घर भएका सुरज कुमार पाण्डेको मृत्यु भएको थियो । उनी कृष्णनगर मै चिया पसल गर्ने युवा हुन् ।
शुक्रबार दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीका मूर्ति बिर्सजन गरिएको थियो भने मृतकको दाहसंस्कार पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन