राप्रपाले टुंगो लगायो उम्मेदवार, कहाँ को ?
काठमाडौँ । राप्रपाले मंसिर १४ गतेका लागि तय भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाएको छ ।
आइतबार कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले रिक्त स्थानहरुमा उम्मेद्वारको तय गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
जसअनुसार राप्रपाले प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य रोम बहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । यसैगरी प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भूपाल रावत र वागलुङ २ (ख) मा गणेश कुँवरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । भक्तपुर १ (क) को हकमा भने यथाशिघ्र उम्मेद्वारको टुंगो लगाइने भएको श्रेष्ठले जानकारी दिए ।
रिक्त स्थानीय तहहरु अन्तर्गत राप्रपाले नगरपालिकाको मेयर÷उपमेयर पदको उम्मेद्वार छनोट गर्न सम्बन्धित प्रदेश कार्य समितिलाई र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष र वडा अध्यक्षको उम्मेद्वार छनोट गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई अधिकार प्रत्यायोजन गरेको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त स्थानमा हुने उपनिर्वाचनमा उम्मेद्वारी मनोनयन दर्ता गर्न पार्टीको वरिष्ठ नेतृत्व तहको नेतृत्वमा जुलुस सहित निर्वाचन कार्यालय जाने कार्यक्रम तय गरिएको पनि राप्रपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
-
स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
-
प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण