नक्कली भुटानी शरणार्थी प्रकरणः खाँणले पाएनन् सफाइ, संगठित अपराधको मतियार ठहर
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौँ जिल्ला अदालतले 'मतियार' ठहर गरेको छ ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै खाणलाई संगठित अपराध र ठगी मुद्दामा मतियारको रूपमा दोषी ठहर गरेको हो । उच्च पदस्थ व्यक्तिहरूमध्ये केहीले सफाइ पाए पनि खाँणको हकमा भने अदालतले अभियोग दाबी अनुसारकै संलग्नता देखिएको भन्दै सफाइ दिन अस्वीकार गरेको हो ।
खाण गृहमन्त्री हुँदा शरणार्थी सम्बन्धी प्रतिवेदन फेरबदल गर्ने र गिरोहलाई नीतिगत रूपमा सहयोग पुर्याएको भन्दै उनलाई मतियारका रूपमा कसूरदार ठहर गरिएको फैसलामा उल्लेख छ । अदालतले यसै प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वसचिव टेकनारायण पाण्डेलाई मुख्य कसूरदार ठहर गरेको छ भने खाँणलाई मतियारका रूपमा सजाय हुने फैसला गरेको हो ।
दोषी ठहर भएका खाँणसहित प्रतिवादीहरूलाई हुने सजायको मात्रा भने आगामी असार २९ गते तोकिने अदालतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना र इजिप्टबिचको खेल सुरु, मेस्सीले गर्न सक्लान् गोल ?
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण