दाङमा उपनिर्वाचनः ६ मतदान केन्द्र अतिसंवेदनशील
बुटवल । प्रदेश नम्बर ५ का ७ जिल्लाका ९ स्थानमा मंसीर १४ गते उपनिर्वाचन हुँदैछ । यो प्रदेशमा हुन लागेको मध्ये सवैभन्दा धेरै चर्चा गरिएको दाङको निर्वाचन क्षेत्र हो ।
किनकी जहाँ प्रदेशसभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ । दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का लागि उपनिर्वाचन हुन लागेको हो ।
जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका लागि ८२ वटा मतदान केन्द्र समेत निर्धारण गरिएको छ । जसमा प्रदेशसभाका लागि ७७ वटा र वडाका लागि ५ वटा केन्द्र तोकिएको छ ।
तीमध्ये २६ मतदानस्थल संवेदनशील, ६ स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ । त्यसकालागि सुरक्षा व्यबस्था कडा बनाउन कार्ययोजना बनाइएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द्र प्रसाद रिजालले बताए । तर कुन कुन स्थलमा सुरक्षा चुनौति भएको भन्नेबारे भने उनले खुलाउन चाहेनन् ।
प्रदेशसभामा नेकपाले विमला वोलीलाई उम्मेदवार बनाएको छ । उनी स्वार्गीय उत्तर कुमार वलीको श्रीमति हुन् । उत्तर कुमारको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । यस्तै काँग्रेसले भने उम्मेदवारी टुंग्याउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण