काभ्रेको नमोबुद्धमा क्षतविक्षत अवस्थामा भेटिए एक दम्पत्ती
मङ्गलबार, १९ कात्तिक २०७६, १९ : १४
काठमाडौं– काभ्रेको नमोबुद्धमा एक दम्पत्ती मृतअवस्थामा फेला परेका छन् । नमोबुद्ध नगरपालिका– ८ मा ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकुमाया श्रेष्ठ मृतअवस्थामा फेला परेका हुन् । ती दम्पत्तीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको शव क्षतविक्षत अवस्थामा सिरकले छोपेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । एसपी सापकोटाका अनुसार घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो समेत छरिएको अवस्थामा भेटिएको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण