सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु
बिहीबार, २८ कात्तिक २०७६, १८ : ४४
सल्यान । सल्यानमा भएको जीप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ । त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१झ ४३२ नं को जीप बडाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
गम्भीर घाइते त्रिवेणी गाउँपालिका–४ फलावाङका ६० वर्षीया कृष्णदेवी परियार र सोही ठाउँका ५९ वर्षीया यज्ञी थापाको उपचारको क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हुनेमा जीप चालक फलावाङका २८ वर्षीय सन्दीप परियार, सोही ठाउँका २३ वर्षीया रीता रावत, ८ वर्षीया ज्योति रावत, २३ वर्षीया मोती रावत, ५५ वर्षीया सावित्रा खत्री, २२ वर्षीया तारा थापा, २१ वर्षीया राधा बोहरा र दाङको तुलसीपुर उपमहानगरपालिकाकी २८ वर्षीया दिला बुढा छन् । घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण