मिटरब्याज पीडित र सरकारबचि सहमति
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
शुक्रबार, ०१ साउन २०८३, १७ : ५२
सारांश
- मिटरब्याज पीडित पक्ष र सरकारबिच ९ बुँदे सहमति भएसँगै ९ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ।
- सहमति अनुसार अदालतमा विचाराधीन मुद्दाहरूमा मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने छ।
- मिटरब्याजीहरूको अनुसन्धान लिखतहरूको फरेन्सिक ल्याब परीक्षण, सम्पत्तिको स्रोतको खोजी र सम्पत्ति शुद्धीकरण अन्तर्गत छानबिन फौजदारी कार्यविधि बमोजिम हुनेछ।
काठमाडौँ । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटरब्याज पीडित पक्ष र सरकारबिच शुक्रबार ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो।
अदालतमा विचाराधीन मुद्दाहरूमा मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने सहमति पत्रमा उल्लेख छ।
मिटरब्याजीहरूको अनुसन्धानका लागि लिखतहरूको फरेन्सिक ल्याब परीक्षण, सम्पत्तिको स्रोतको खोजी र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) अन्तर्गत छानबिन फौजदारी कार्यविधि बमोजिम हुनेछ ।
गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबिच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण