स्वप्न सुमनको ‘म तिम्रो’ टुबोर्ग ओपन सेसन्स् २ मा
काठमाडौं– “यो गीत म जस्तै परीहरुको कथामा विश्वास राख्ने सबैका लागी हो”, आफ्नो लोकप्रिय गीत टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक गर्दै स्वप्न सुमनले भने ।
२०१८ मा युट्युबमा च्यानल आरबिट्ररी मार्फत सञ्चालन भएको टुबोर्ग ओपन सेसन्स्ले अपलोड गरिएको ५१ वटा गीतहरुबाट सफलतापुर्वक १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ र फेरि अहिले टुबोर्ग ओपन सेसन्स्को सिजन २ सुरु भएको छ ।
गीतका शब्दहरुले यस प्रेम गीतको भावनाहरुलाई राम्ररी समेटेको छ । टुबोर्ग ओपन सेसन्स् २ को प्रस्तुतीमा स्वप्नको सुमधुर स्वरलाई रोहित शाक्यको अरेन्जमेन्टले थप निखार ल्याएको छ ।
स्वप्न सुमन निकै लोकप्रिय नेपाली गायक, गीतकार र गीतारिस्ट हुन् । विशेष गरि युवापुस्तामाझ निकै प्रिय रहेका स्वप्नले सधैं आफ्नो लागी स्टेज नेम चाहेका थिए । धेरै नामहरु पछि उनलाई अन्तिममा स्वप्न मनपर्यो । काठमाडौंमा जन्मिएका स्वप्नका कभर भिडियोहरु युट्युबमा चल्न थालेपछि उनको लोकप्रियता बढ्दै गयो ।
उनको युट्युबमा १२० हजार भन्दा बढी सब्स्क्राईबरहरु रहेका छन् भने, ईन्स्टाग्राममा १३६ हजार भन्दा बढी फलोवर्स रहेका छन् । सानै देखि संगीतमा रुचि राख्ने स्वप्नले आफै गीतार बजाउन सिकेका हुन् ।
उनले आफ्नो सांगीतिक यात्रा व्यवसायिक रुपमा कर्मा रेकर्डस्सँग सुरु गरेका थिए तर पछि आरबिट्ररी रेकर्डिङस्सँग आबद्ध भए । आरबिट्ररी रेकर्डिङस्सँग उनले कसरी भनु, दि कफी सङ, म तिम्रो जस्ता हिट गीतहरु रिलिज गरे ।
टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मदत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पु¥याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
-
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
-
सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
-
आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएपछि रास्वपा कृष्णपुरद्वारा वडा सभापति बोहरामाथि छानबिनको माग
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण