पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
सारांश
- औषधि व्यवस्था विभागले कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पाँच हजार तीन सय दुई ओटा औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत्र स्वतः खारेज गरेको छ ।
- तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची ९) स्वतः रद्द भएको जानकारी दिइएको छ ।
- म्याद समाप्त भइसकेका पसलहरूले अब कानुनी रूपमा औषधि पसल सञ्चालन गर्न पाउने छैनन् र विभागले सबैलाई प्रमाणपत्रको अवस्था यकिन गरी कानुनी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ ।
काठमाडौँ । औषधि व्यवस्था विभागले पाँच हजार तीन सय दुई ओटा औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ । विभागले आज मङ्गलबार एक सूचना जारी गर्दै कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पसलहरूको प्रमाणपत्र स्वतः खारेज भएको जनाएको हो ।
तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची ९) स्वतः रद्द भएको जानकारी दिएको छ । औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्था र सोही ऐनको दफा ११ को उपदफा (५) बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था लागू गरिएको हो ।
विभागले जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको सूचीसमेत यसै सूचनाका साथ संलग्न गरी सार्वजनिक गरेको छ । कानुनी व्यवस्था बमोजिम यस प्रकारको खारेजीको जानकारी सम्बन्धित व्यक्ति, संस्था वा सरोकारवालाहरूलाई उपलब्ध गराउनुपर्ने प्रावधान अनुरूप विभागले सूचना प्रकाशित गरेको जनाएको छ। म्याद समाप्त भइसकेका पसलहरूले अब कानुनी रूपमा औषधि पसल सञ्चालन गर्न पाउने छैनन् ।
यसैबिच, औषधि व्यवस्था विभागले सम्पूर्ण औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था तत्काल यकिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ । साथै, औषधि बिक्री वितरण कार्य सञ्चालन गर्दा प्रचलित कानुनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न समेत विभागले कडा निर्देशन दिएको छ । कानुनी मापदण्ड पूरा नगरी औषधि व्यवसाय सञ्चालन नगर्न र जनस्वास्थ्यमा खेलबाड नगर्न समेत सचेत गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण