सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
सारांश
- रास्वपा सांसद जगदीश खरेलले ललितपुरका ४५ किलोमिटर सडकको मापदण्ड परिवर्तन गर्दा स्थानीय बासिन्दाले सम्पत्तिको उपभोग गर्न नपाएको भन्दै मापदण्ड फिर्ता गर्न माग गरेका छन्।
- सांसद खरेलले संविधानले सम्पत्तिको हकको व्यवस्था गरे पनि ६२ मिटरको सडक मापदण्डले सयौँ वर्षदेखि बस्दै आएका बासिन्दालाई समस्यामा पारेको बताए।
- उनले उक्त सडकलाई राष्ट्रिय राजमार्गको मापदण्डमा राख्न जरुरी नभएको र मन्त्रिपरिषदबाट मापदण्ड फिर्ता गरिनुपर्ने माग गरेका छन्।
काठमाडौँ । रास्वपा सांसद जगदीश खरेल(ललितपुर) ले ग्वार्खु लुभु, लामाटारदेखि पनौतीसम्मका ४५ किलोमिटर सडकको मापदण्ड परिवर्तन गर्दा त्यस क्षेत्रका बासिन्दाले आफ्नो सम्पत्तिको उपभोग गर्न नपाएको भन्दै मापदण्ड परिवर्तन गर्न माग गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खरेलले संविधानको धारा २५ ले सम्पत्तिको हकको व्यवस्था गरेको र त्यो मौलिक हकसमेत भएपनि खासगरी ललितपुर २ का बासिन्दाले उपभोग नै गर्न नपाएको बताए ।
‘राष्ट्रिय राजमार्गमा अपनाइएको मापदण्डका कारण जनता पीडित बनेका छन्’, उनले भने, ‘सयौँ वर्षदेखि बस्दै आएका बासिन्दा ६२ मिटरको मापदण्डले मार्कामा परेका छन् ।’
उनले यस्तो मापदण्डका कारण त्यस क्षेत्रको बस्ती नै सखाप हुने अवस्थामा पुगेको भन्दै ४५ किलोमिटर सडकलाई राष्ट्रिय राजमार्गको मापदण्डमा राख्न जरुरी नभएको बताए । साथै उनले उक्त मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण