अर्थमन्त्रीले सच्याए निर्णय, कति हुन्छ यो वर्ष आर्थिक वृद्धिदर
काठमाडौँ । केही समय अघि अर्थमन्त्रालयले एउटा विवरण सार्वजनिक गर्यो । अर्थमन्त्रालयसँग सम्बन्धित विवरण स"चनाको हक सम्बन्धी थियो । जसमा ३ महिनाको अवस्थालाई हेरेर आर्थिक बृद्धिको लक्ष्य घटाइएको थियो । र, सो विवरणमा चालु आर्थिक बर्षमा ७.१ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरिएको थियो ।
यो विषयमा विभिन्न सञ्चारमाध्यमले अर्थमन्त्री आफ्नो लक्ष्यबाट पछि हटेको भन्दै समाचार बनाए । विभिन्न खालका टिकाटिप्णी पनि आए ।
कारण अर्थमन्त्रीले बजेटमा नै चालु वर्ष साढे ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको उल्लेख थियो । बजेट कार्यान्वयन भएको तीन महिना नपुग्दै लक्ष्य संसोधन गरेका अर्थमन्त्रीले फेरि लक्ष्य संसोधन गर्दै साढे ८ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन् ।
यता अन्तर्रराष्ट्रिय विभिन्न संघसंस्थाले नेपालको चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर साढे ८ प्रतिशत नहुने स्पष्ट पारिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण