मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रीले सच्याए निर्णय, कति हुन्छ यो वर्ष आर्थिक वृद्धिदर

सोमबार, ०९ मङ्सिर २०७६, १५ : २२
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौँ । केही समय अघि अर्थमन्त्रालयले एउटा विवरण सार्वजनिक गर्यो । अर्थमन्त्रालयसँग सम्बन्धित विवरण स"चनाको हक सम्बन्धी थियो । जसमा ३ महिनाको अवस्थालाई हेरेर आर्थिक बृद्धिको लक्ष्य घटाइएको थियो । र, सो विवरणमा चालु आर्थिक बर्षमा ७.१ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरिएको थियो । 

यो विषयमा विभिन्न सञ्चारमाध्यमले अर्थमन्त्री आफ्नो लक्ष्यबाट पछि हटेको भन्दै समाचार बनाए । विभिन्न खालका टिकाटिप्णी पनि आए ।

 कारण अर्थमन्त्रीले बजेटमा नै चालु वर्ष साढे ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य लिएको उल्लेख थियो । बजेट कार्यान्वयन भएको तीन महिना नपुग्दै लक्ष्य संसोधन गरेका अर्थमन्त्रीले फेरि लक्ष्य संसोधन गर्दै साढे ८ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन् । 

यता अन्तर्रराष्ट्रिय विभिन्न संघसंस्थाले नेपालको चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर साढे ८ प्रतिशत नहुने स्पष्ट पारिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप