नापी कार्यालय साँखुबाट घुस लिने र दिने दुबै समातिए
सोमबार, ०९ मङ्सिर २०७६, १९ : १२
काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ७ साँखुस्थित नापी कार्यालयका अमिन सुशिल बुढाथोकी ४ हजार घुससहित पक्राउ परेका छन् ।
सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिएवापत उनले सो घुस लिएका थिए । यस्तै घुस दिने कार्यमा संलग्न कार्की पनि पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ४ हजार घुस लिने दिने दुबै जनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण