सिड्नीमा नेपथ्यको लाइभ शो
आइतबार, १५ मङ्सिर २०७६, १६ : १५

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएको छ । ‘नेपथ्य लाईभ इन सिड्नी–२०१९’ नाम दिइएको कन्सर्ट डिसेम्बर १४ तरिख अर्थात् मंसिर २८ गते हुनेछ । विग टप लुना पार्कमा आयोजना हुने कन्सर्टमा ३ हजार दर्शक आउने अपेक्षा गरिएको छ ।
नेपाली समुदायदाई लक्षित गरी अष्ट्रेलियामै विगत १० वर्षदेखि विभिन्न समाजिक सांस्कृतिक एवंम मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको नेपाली टचले यो कार्यक्रम पनि आयोजना गर्न लागेको हो ।
कार्यक्रमले अष्ट्रेलियामा रहेका विद्यार्थीहरु र दर्शकहरुलाई आफ्नो देशप्रतिको माया दर्शाउने विश्वास आयोजकको छ ।