नेकपाले बम पड्काएर उपचुनाव जित्यो : देउवा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाले बम पड्काएर उपचुनाव बढी जितेको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार भीमबहादुर तामाङको सातौं स्मृति सभामा देउवाले सरकारले सत्ताको दूरुपयोगका साथै बम पड्काएर चुनावी नजिता आफ्नो पक्षमा परेको बताए ।
उनले भने, ‘पोखरामा काँग्रेसको बाहुल्यता भएको ठाउँमा बम पड्काए, मतदाता भड्काए । काँग्रेसले जित्ने ठाउँमा मतदाता त्रसित गराएर नेकपाले चुनाव जत्यो ।’ देउवाले उपनिर्वाचनको निष्पक्षतामाथि पनि प्रश्न उठाए । साथै उनले प्रहरी प्रशासनले सरकार पक्षका उम्मेदवारलाई जिताउन सघाएको आरोप पनि लगाए ।
उनले भने, ‘चुनावमा प्रहरी प्रशासन निष्पक्ष भएनन्, जहाँजहाँ धाँधली गरेका छन् त्यहाँ छानबिन गर्दैछौं । प्रतिकूल वातावरणमा पनि भक्तपुर, दाङ र धरानमा राम्रो मतपरिणाम आएको जानकारी दिए ।’ उनले भने, ‘प्रहरी प्रशासन निष्पक्ष नभएको बेला पनि मतपरिणाम राम्रो आएको छ ।’
फरक प्रसंगमा देउवाले भीमबहादुर तामाङ कुनै लोभलाचमा भएको व्यक्तिका भएको बताए । यस्तै वरिष्ठ नेता पौडेलले तामाङको निष्ठालाई आत्मासात गर्दै काँग्रेसले सरकारप्रति बढेको असन्तुष्टि चिरेर जनताको भरोसको केन्द्र बन्नुपर्नेमा जोड दिए । यस्तै महामन्त्री शशांक कोइरालाले भीमबहादुर तामाङले बीपी कोइरालाका उपन्यास लेखिदिने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण