क्रिकेट : दीपेन्द्रको अर्धशतकमा नेपालद्वारा श्रीलङ्कालाई १ सय ७३ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत मङ्गलबार क्रिकेटमा नेपालले श्रीलङ्का सामु १७३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गरेको श्रीलंकाले नेपाली ब्याट्सम्यानको रफ्तारलाई रोक्न नसक्दा विशाल लक्ष्य पाएको हो । निर्धारित २० ओभरमा नेपालले पाँच विकेटको क्षतिमा १७२ रन बनाउँदै श्रीलङ्का सामु जितका लागि १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७२ रन बनाए । ४४ बल सामना गरेका उनले तीन छक्का र चार चौकाको मद्दतमा उक्त रन बनाएका हुन् ।
यस्तै, पवन शर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्लले २१ र विनोद भण्डारीले पनि २१ रन बनाए ।
श्रीलङ्काका लागि कमिन्डु मेन्डिसले दुई विकेट लिए । यस्तै दुभिन्दु तिरकरत्ने, कभिस्का अन्जुला, असिथा फर्नान्डोले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण