महेशपुरपतारी थानाबाट भागेका ७ जनामध्ये ३ पक्राउ
सिरहा । सिरहा इलाका प्रहरी कार्यालय महेशपुरपतारी हिरासतबाट भागेका ७ जना थुनुवामध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नरहा गाउँपालिका १ का १८ वर्षीय नविनकुमार यादवलाइ र गोलजबार नगरपालकिा ६ का २० वर्षीय गणेशकुमार साहलाई बडियारपट्टी नजिकैको भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
यसैगरी, लागुऔषध मुद्दाकै अर्का भगौडा सखुवानन्कारकट्टी गाउँपालिका–१ का २३ वर्षीय रणधिर कुमार यादवलाई लहान तरकारी बजार बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भागौडामध्ये ४ जनाको अझौ खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार अन्य तीन जनाको खोजी भइरहेको छ ।
थुनुवा भागेको प्रकरण छानबिन गर्न दुई नम्बर प्रदेश प्रहरीका एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको छ । मंसिर १४ गते बेलुका खाना खुवाउने क्रममा ८ बजा बन्दीहरु हिरासतबाट भागेका थिए ।
त्यसमध्ये एक जनालाई तत्कालै गाउँलेले समातेर प्रहरीलाई बुझाएका थिए । बाँकी सातजनामध्ये ३ जनालाई मंगरबार राति नियन्त्रणमा लिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण