शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महेशपुरपतारी थानाबाट भागेका ७ जनामध्ये ३ पक्राउ

बुधबार, १८ मङ्सिर २०७६, १८ : ४८
बुधबार, १८ मङ्सिर २०७६

सिरहा । सिरहा इलाका प्रहरी कार्यालय महेशपुरपतारी हिरासतबाट भागेका ७ जना थुनुवामध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नरहा गाउँपालिका १ का १८ वर्षीय नविनकुमार यादवलाइ र गोलजबार नगरपालकिा ६ का २० वर्षीय गणेशकुमार साहलाई बडियारपट्टी नजिकैको भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको  हो ।


यसैगरी, लागुऔषध मुद्दाकै अर्का भगौडा सखुवानन्कारकट्टी गाउँपालिका–१ का २३ वर्षीय रणधिर कुमार यादवलाई लहान तरकारी बजार बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भागौडामध्ये ४ जनाको अझौ खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय  सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार अन्य तीन जनाको खोजी भइरहेको छ ।

थुनुवा भागेको प्रकरण छानबिन गर्न दुई नम्बर प्रदेश प्रहरीका एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको छ । मंसिर १४ गते बेलुका खाना खुवाउने क्रममा ८ बजा बन्दीहरु  हिरासतबाट भागेका थिए ।

त्यसमध्ये एक जनालाई तत्कालै गाउँलेले समातेर प्रहरीलाई बुझाएका थिए । बाँकी सातजनामध्ये ३ जनालाई मंगरबार राति नियन्त्रणमा लिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप