नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
सारांश
- नेपाल र भारतबीच सीमापार रेलमार्ग परियोजना कार्यान्वयन र द्विपक्षीय सहयोग विस्तार गर्ने उद्देश्यले दुई दिने बैठक सम्पन्न भएको छ ।
- बैठकमा जयनगर-बिजुलपुरा-बर्दिबास र जोगबनी-विराटनगर रेलमार्गको प्रगति, जनकपुर-अयोध्या यात्रुवाहक रेल सेवा सञ्चालन प्रक्रिया र रक्सौल-काठमाडौँ रेलमार्गको फाइनल लोकेसन सर्भे प्रतिवेदनबारे छलफल भएको छ ।
- दुई देशका प्रतिनिधिहरूले नेपालको पूर्व-पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग र भविष्यमा निर्माण गरिने सम्भावित रेल लिङ्कहरूबारे सहमति जनाउँदै रेल सेवामा सहकार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
काठमाडौँ । नेपाल र भारतबिच सीमापार रेलमार्ग परियोजनाहरूको बारेमा छलफल भएको छ । सीमापार रेलमार्ग परियोजना कार्यान्वयन र यस क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप बलियो बनाउने उद्देश्यले काठमाडौँमा दुई दिनसम्म बैठक चलेको थियो ।
हिजो सम्पन्न १०औँ प्रोजेक्ट स्टेयरिङ कमिटी र आठौँ संयुक्त कार्य समूहको बैठकले नेपाल–भारत रेल सञ्जाल विस्तारका विभिन्न विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
बैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेका जयनगर बिजुलपुरा–बर्दिबास र जोगबनी–विराटनगर ब्रोड गेज रेलमार्गको हालसम्मको प्रगतिका बारेमा छलफल भएको थियो । यसका साथै दुवै पक्षले जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनका लागि आवश्यक पर्ने सञ्चालन प्रक्रियाको मस्यौदामाथि पनि छलफल भएको हो ।
बैठकले रक्सौल–काठमाडौँ ब्रोड गेज रेलमार्गको फाइनल लोकेसन सर्भे प्रतिवेदनका विषयमा पनि महत्त्वपूर्ण छलफल भएको दूतावासले जनाएको छ । नेपालको पूर्व–पश्चिम रेलमार्गका लागि आवश्यक प्राविधिक सहयोग र भविष्यमा निर्माण गरिने अन्य सम्भावित रेल लिङ्कहरूबारे पनि दुई देशको बिचमा सहमति भएको छ ।
बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरूले रेल सेवाको क्षेत्रमा भइरहेको यो सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण