बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जमिन फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छः मन्त्री भट्ट

बिहीबार, १९ मङ्सिर २०७६, १३ : २४
बिहीबार, १९ मङ्सिर २०७६

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता गर्न भारत सरकारसँग कुटनीतिक पहल भइरहेको बताएका छन् ।

बिहीबार धनगढी विमानस्थलमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । सरकारले नतिजा निकालेर देखाउने भन्दै मन्त्री भट्टले सोही अनुरुप आफ्नो जमिन फिर्ता गराउन कूटनीतिक र राजनीतिक पहल गर्ने बताए । 

मन्त्री भट्टले औद्योगिक क्षेत्रको स्तरोन्नति गरी नेपाललाई आर्थिक रुपमा सवल राष्ट्र बनाउने पनि बताए । व्यापार घाटा कम गराउन निर्यातमुखी उत्पादनलाई प्रोत्साहन दिने सरकारको नीति रहेको उनको भनाइ छ । 

उनले गौरीफन्टा नाकाको स्तरोन्नति र सुख्खा बन्दगाहाको स्थापना गर्न सके सुदूरपश्चिमको अर्थतन्त्रमा सहयोग पुग्न सक्ने  बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप