जमिन फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छः मन्त्री भट्ट
बिहीबार, १९ मङ्सिर २०७६, १३ : २४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन फिर्ता गर्न भारत सरकारसँग कुटनीतिक पहल भइरहेको बताएका छन् ।
बिहीबार धनगढी विमानस्थलमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । सरकारले नतिजा निकालेर देखाउने भन्दै मन्त्री भट्टले सोही अनुरुप आफ्नो जमिन फिर्ता गराउन कूटनीतिक र राजनीतिक पहल गर्ने बताए ।
मन्त्री भट्टले औद्योगिक क्षेत्रको स्तरोन्नति गरी नेपाललाई आर्थिक रुपमा सवल राष्ट्र बनाउने पनि बताए । व्यापार घाटा कम गराउन निर्यातमुखी उत्पादनलाई प्रोत्साहन दिने सरकारको नीति रहेको उनको भनाइ छ ।
उनले गौरीफन्टा नाकाको स्तरोन्नति र सुख्खा बन्दगाहाको स्थापना गर्न सके सुदूरपश्चिमको अर्थतन्त्रमा सहयोग पुग्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण