एकल गायनमा सुनिए बलराम
काठमाडौं । गायक, संगीतकार तथा बरिष्ठ बाँसुरी बाधक बलराम समाल एकल गायनमा सुनिएका छन् । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एकल साँझमा उनले करिब दर्जन बढी गीत सुनाएका थिए ।
गोपाल योञ्जनको राष्ट्रिय गीत ‘देशले रगत मागे...’बाट एकल गायन सुरु गरेका बलरामले आफ्नै गीत ‘तिमी दुलही बनेर जाँदा...’, ‘ढुङ्गाको मुटु...’ फत्तेमान राजभण्डारीको ‘यस्तो पनि हुँदो रहेछ...’, भक्तराज आचार्यको ‘हजार सपनाको...’, शंकर प्रेरणको ‘सोचे जस्तो जिन्दगी हुन्न..’, ‘रेशमैको पछ्यौरीले लग्यो मेरो मन...’ नारायण गोपालको ‘यति चोखो यति मिठो दिउला तिम्ला माया...’, अरुणा थापाको ‘चोट के हो...’ र आफ्नै दुई पूर्वेली लोक गीत ‘लामपाते सुर्ती...’ र ‘सम्झ मनैमा...’ लगायतका करिब दर्जनबढी गीत प्रस्तुत गरे ।
‘एकान्तको गधुलीमा...’ बोलको गीतमा बलरामलाई गायिका कमला थापा मगरले साथ दिएकी थिइन् ।
गीतकार शंकर प्रेरण, नेपाल साँस्कृतिक मगर संघका अध्यक्ष कविराज थापा, संगीतर वसन्त मुकारुङ, शिसु मिलन स्कुलका बुद्ध गोले, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, गायक सुमन खड्का, गीतकार विजय कटेल, मेजर नवीन मुकारुङ, गायिका सरोजा मुकारुङ, अञ्जु गौतम, निला थापा, रमिला मगर लगायतको उपस्थिती रहेको कार्यक्रममा बलरामलाई बाध्यबाधनमा रुपेश सिंह, सुरज श्रेष्ठ, आकाश गोर्खाली, राहुल भुजेल, कुन्दन शाह र अनिल मगरले साथ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण