सन् २०१९ मा १३ अर्ब डलरको हतियार आपूर्ति गरेका छौ: पुटिन

मस्को । रूसले सन् २०१९ मा १३ अर्ब अमेरिकी डलर बराबरको हतियार विश्वका विभिन्न मुलुकमा आपूर्ति गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बताएका छन् । उनका अनुसार रूसले हतियार आपूर्तिबाट गत बर्षको तुलनामा यस बर्ष दुई अर्ब अमेरिकी डलर बढी आम्दानी गरेको छ ।
‘अस्वस्थ प्रतिस्पर्धा र रूसमाथिको कडा प्रतिबन्ध’ का बाबजुद विश्वमा रूसको हतियार बजार फस्टाएको छ,’ पुटिनले विदेशी मुलुकहरूसँगको रूसी सैनिक प्रविधि सहकार्य आयोगसँगको बैठकमा भने ।
यस बर्ष रूसमा सातवटा अन्तर्राष्ट्रिय सैन्य प्रदर्शन गरेको र यसबाट रूसी हतियारको बजार प्रवद्र्धनमा थप टेवा पुगेको उनले बताए । यस बर्ष हतियार बिक्रीका लागि करिब पाँच अर्ब ५९ करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको रूसले जनाएको छ ।
राष्ट्रपति पुटिनले हतियार निर्यात गर्दा रूसले सधैँ सामुहिक सुरक्षा सन्धि संगठन, कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स र अफ्रिकासहितका परम्परागत साझेदार मुलुकहरूलाई प्राथमिकता दिने उल्लेख छ । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस सेन्टर नेपालले तीन वटै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र
-
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा
-
राजावादीको बैठकमा दुर्गा प्रसाईं समूहलाई बेवास्ता ?
-
‘हनीट्रयाप’ मा पारेर काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप