भारतीय प्याज रोकिएसँगै नेपाली बजारमा चाइनिज प्याजको वर्चश्व, प्रतिकिलो ५० प्रतिशतसम्म सस्तो
काठमाडौं । भारतबाट आपूर्ति रोकिएसँगै नेपाली बजारमा प्याजको अभाव भएकोमा अहिले चिनियाँ बजारबाट आयात गर्न थालिएको छ । नेपाली बजारमा प्याज अभाव हुँदा मूल्य ह्वात्तै बढेको अवस्थामा त्यसलाई राहत दिनेगरी चीनबाट प्याज आयात गर्न थालिएको हो । अहिले बजारमा चिनियाँ प्याज भित्रिन थालिसकेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार पछिल्लो समय दैनिक ४० देखि ४५ मेट्रिक टन चिनियाँ प्याजले नेपाल प्रवेश पाउन थालेको छ । भारतीय प्याजको आयात रोकिएपछि व्यवसायीहरु चिनियाँ प्याजतर्फ आकर्षित भएको कालिमाटी फलफूल तथा तरकारी व्यापार संघले बताएको छ ।
यसरी आयात गर्न थालिएको चिनियाँ प्याज भारतीय प्याजको तुलनामा निकै सस्तो समेत रहेको व्यवासयीहरुले बताएका छन् । भारतीय प्याजको तुलनामा चिनियाँ प्याज झण्डै ५० प्रतिशतले नै सस्तो पर्ने व्यवसायीहरुको भनाइ छ ।
हाल कालिमाटी फलफूल तथा तरकारी बजारको थोक बजारमानै भारतीय प्याज प्रतिकेजी २१० देखि २५० रुपैयाँ सम्म पर्ने गरेको छ । तर चिनियाँ प्याज भने ११० देखि १४० रुपैयाँ प्रतिकेजीमा नै उपलब्ध हुँने गरेको व्यवसायीले बताएका छन् ।
तर बजारको कुल प्याजको माग चिनियाँ प्याजले मात्र धान्ने अवस्था छैन ।
अहिले नेपालको कुल प्याजको मागको करिब ५० प्रतिशत मात्र चीनले पूर्ति गरिरहेको छ । झण्डै ९० देखि १०० मेट्रिक टन बराबरको प्याजको माग रहेकोमा चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै दैनिक ४०–४५ मेट्रिकटन प्याज नेपाल भित्रिने गरेको छ ।
यता आन्तरिक उत्पादन समेत नहुँदा प्याजको अभाव भइरहेको छ र नेपालले अभावका बेला पनि भारतीय बजारकै मुख ताक्नु परिरहेको व्यवसायीहरुको गुनासो छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षमा नेपालले १४ अर्ब ४ करोडको बराबरको प्याज आयात गरेको थियो । यसै आर्थिक वर्षको पहिलो तीन महिनामा मात्र नेपालले ५ अर्ब १९ करोडको प्याज आयात गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई